मेगा र टुरिजम् गाभिए झण्डै साढे दश अर्बको बैंक बन्ने

Oct 29, 2017 merolagani

टुरिजम् डेभेलोपमेण्ट बैंक (TDBL) ले मेगा बैंक (MEGA) सँगको मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । साथै बैंकले गतबर्षको कमाईबाट १७ करोड बराबरको बोनस वितरण गर्ने प्रस्ताव समेत गरेको छ । यी दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्तापूँजी झण्डै साढे दश अर्ब पूग्नेछ ।

टुरिजम् को सातौ बार्षिक साधारण सभा मंसीर ४ गते कार्की बैकट बबरमहलमा हुने भएको छ । टुरिजम्ले साबिकको मातृभूमि बिकास बैक र कालिञ्चाेक डेभलपमेण्ट बैकको गरी १७ करोड १० लाख ७७ हजार ५ सय रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

टुरिजम्को चुक्ता पुँजीको २ अर्ब २३ लाख छ । बोनसपछि बैंकको पूँजी २ अर्ब १७ करोड ३३ लाख नाघ्नेछ ।

यसैगरी साधारण सभामा मेगा बैकसँगको मर्जर प्रस्ताव समेत पारित गरिने भएको छ । मर्जरका लागि दुबै बैंकको चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए)  टुरिजम्का १ सय रुपैयाँको शेयर बराबर मेगामा ९५ रुपैयाँ हुने गरीस्वाप रेसियो कायम गर्न सभामा प्रस्ताव पेश गर्नेछ ।

मेगा बैंकको ६५ प्रतिशत हकप्रद निष्काशन पुरा भएपछि यी दुई बैंकको मर्जर प्रकृया अगाडी बढ्न लागेको हो। मेगाले ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरबिनै मेगा बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।

टुरिजम् र मेगा बैंक गाभिएपछि बन्ने मेगा बैंकको चुक्तापूँजी झण्डै साँढे दश अर्ब पुग्ने देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।