प्रिमियर इन्स्योरेन्सको एफपीओ निष्काशनमा यस कारण भयो ढिलाई

Oct 29, 2017 Merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) को थप नयाँ सेयर (एफपीओ) निष्काशनको प्रकृया सुरु भएको एक वर्ष पुगेको छ । गत माघ महिनामा धितोपत्र बोर्डमा आवेदन दिएको मितिका आधारमा मात्र पनि ९ महिना बढी भैसकेको इन्स्योरेन्सको एफपीओ आवेदन दिएको एक वर्ष पछि मात्र निष्काशन हुने देखिएको हो ।

माघमा एफपीओ निष्काशनका लागि इन्स्योरेन्सले बोर्डमा आवेदन दिएकोमा बोर्डले पाँच महिना पछि अर्थात असारमा मात्र कमेण्ट दिएको थियो । तत्कालिन अवस्थाको तुलनामा अहिले कम्पनीको सेयर मूल्य तल्लो विन्दुमा झरेको छ । जसका कारण कम्पनीले प्रस्ताव गरेको सेयर मूल्य उचित नभएका कारण धितोपत्र बोर्डले प्रष्टीकरण मागेको बुझिएको छ ।

पहिले प्रस्ताव गरिएको सेयर मूल्य अहिलेको अवस्थामा उच्च हुने भन्दै बोर्डले परिमार्जन सहित आउन भनेको स्रोतले बतायो । मेरोलगानीलाई प्राप्त जानकारी अनुसार इन्स्योरेन्स सञ्चालक समितिले फेरी भ्यालुएशनको काम अन्तिम चरणमा पुर्याएको छ । केही दिनमा नै उक्त प्रतिवेदन सहितको कागजात धितोपत्र बोर्डमा बुझाउने तयारी कम्पनीले गरेको छ ।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो ।  अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ । एफपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

इन्स्योरेन्सले पहिलो पटक १०० रुपैंया अंकित मूल्यमा ९०४ रुपैयाँ प्रिमियम सहित १००४ रुपैयाँमा एफपीओ जारी गर्ने निर्णय गरेको थियो । बोर्डको निर्देशिका अनुसार इन्स्योरेन्सले उक्त मूल्यमा पहिलो पटक परिमार्जन गर्दै एक सय रुपैंया अंकित मूल्यमा ७९५ रुपैयाँ प्रिमियम थप गरी ८९५ रुपैंयाको दरमा सेयर निष्काशन गर्ने जनाएको थियो । अहिले गरिएको भ्यालुएशन का आधारमा फेरी कति सेयरको मूल्य कति निर्धारण हुन्छ भन्ने विषय सार्वजनिक भएको छैन ।

कम्पनीको प्रतिवेदन धितोपत्र बोर्डमा पुगे पछि पनि तत्काल एफपीओ स्वीकृत हुने आश गर्न सकिन्न । यस आधारमा अझै केही महिना पछि मात्र इन्स्योरेन्सको एफपीओ सर्वसाधारणमा खुल्ला हुने देखिन्छ । बैंकको एफपीओ निष्काशनकर्ता एनएमबी क्यापिटल रहेको छ । कम्पनीले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

धिताेपत्रकाे  दाेस्राे बजारमा इन्स्योरेन्सकाे सेयर प्रतिकित्ता १६१७ रूपैयाँ रहेकाे छ । 

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।