९० रुपैयाँको प्रतिसेयर आम्दानी कसरी ३७ रुपैयाँमा झर्यो ?

Oct 30, 2017 Merolagani

हकप्रदको भारी धेरै बोकाउँदा त्यसको असर कहाँ पर्छ भन्ने कुरा एउटा कम्पनीले देखाएको छ । हकप्रदबाट दोब्बरले पूँजी बढाए पछि सोही अनुपातमा कमाई नबढ्दा कम्पनीको यस्तो हालत देखिएको हो । उल्टै खुद नाफा घट्दा लगानीकर्तालाई घच्घचयाएको छ ।

लक्ष्मी लघुवित्त (LLBS) ले प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसकेको देखिएको हो । विभिन्न शिर्षकमा भएका खर्चको आकार बढेका कारण लघुवित्तको कमाई घटेको देखिएको हो । आम्दानीको अवस्था ठिकै हुँदा खर्चका कारण सञ्चालन मुनाफा प्रभावित बनेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २ करोड १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४८ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

लघुवित्तको विभिन्न शिर्षकमा भएका आम्दानीको आकार राम्रो अवस्थामा छन् । तर खर्चको आकार धेरै बढे पछि उसको कमाई घट्दो अवस्थामा गएको हो । वित्तीय बिवरण यहाँ हेर्नहोस् । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९० रुपैयाँ ४५ पैसा थियो । अहिले उसको प्रतिसेयर आम्दानी ३७ रुपैंया २० पैसा कायम भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मूल्य अम्दानी अनुपात २० गुणा बढी रहेको कम्पनीको अहिले ४३ गुणाभन्दा बढी छ । यो अवस्था लगानीकर्ताका लागि कति जोखिमयुक्त छ भनेर चनाखो हुनुपर्ने देखिन्छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।