सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य समायोजन

Oct 30, 2017 Merolagani

सनराईज बैंक र बङ्गलादेश बैंकको सेयरमूल्य सोमबार समायोजन भएको छ । दुबै बैंकले गत आर्थिक बर्षमा वितरण गरेका बोनस समायोजन गरि नेपाल स्टक एक्सचेञ्जले मूल्य समायोजन गरेको हो ।

नेप्सेले जनाएअनुसार सनराईज बैंकको १५ प्रतिशत बोनस सेयरपछि २९२ रुपैयाँमा मूल्य समायोजन भएको छ । यसअनुसार बैंकको सेयर कारोबार सोमबार २९२ रुपैयाँमा कारोबार खुला हुनेछ । बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ३८३ रुपैयाँ कायम भएको छ ।

 गत आर्थिक बर्षमा सनराईजले एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सोमबार नै बङ्गलादेश बैंकको १२ प्रतिशत बोनस समेत समायोजन भएको छ । बैंकको  बोनसपछि २९६ रुपैयाँमा मूल्य समायोजन भएको छ । यसअनुसार बैंकको सेयर कारोबार पनि २९६ रुपैयाँमा कारोबार खुला हुनेछ । बैंकको औसत आधार मूल्य ४३५ रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ ।

गत आर्थिक बर्षमा बङ्गलादेश बैंकले एक अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी २८ रुपैयाँ कायम गरेको थियो ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।