एशियन लाईफ र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

Oct 30, 2017 merolagani

जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पु¥याउने उद्धेश्यले एशियन लाईफ ईन्स्योरेन्स (ALICL)  र जनता बैंक (JBNL) बीच बैंकासुरेन्स सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे ।

बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

अव एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग जनता बैंक नेपाल लिमिटेडका नेपालभरिका संपूर्ण शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

एशियन लाईफका हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ आषाढ मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष १० अर्ब, लगानी ९ अर्ब ५४ करोड तथा चुक्ता पूँजी ८० करोड ५५ लाख रहेको छ ।

निकट भबिष्यमानै कम्पनीले चुक्तापुँजीको ५०% हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेकोछ । उक्त शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्ब २० करोड हुनेछ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।