बैंकहरुलाई लिलामीको शेयर बिक्री गर्नै मुस्किल, सप्तकोशीको ८४ प्रतिशत सेयर बिकेन

Oct 30, 2017 Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंकको ८३ दशमलव ८७ प्रतिशत लिलामी सेयर विक्री नभएको देखिएको छ । बैंकले ९ लाख ७३ हजार ६६७ कित्ता सेयर लिलामी बिक्री खुला गरेकोमा जम्मा १ लाख ५७ हजार कित्ता मात्र विक्री भएको  सोमबार निकालेको सूचनामा उल्लेख छ ।

लिलामीमा आएको सेयरमध्ये ठुलो हिस्साको संस्थापक सेयर (आठ लाख कित्ता बढी) विक्री हुन नसकेको हो । यसले बैंकको संस्थापक सेयरलाई लगानीकर्ताले नरुचाएको देखिन्छ । यसले बैंकको संस्थापक सेयर अर्को पटक आउने लिलामीमा समेत सबै माग हुने अवस्था देखिन्न ।

सप्तकोशीले १३० प्रतिशत हकप्रद जारी गर्दा अवितरित सेयर असोज २५ गतेदेखि कात्तिक १ गतेसम्म लिलामी आवेदन लिई कात्तिक ८ गते बाँडफाँड गरेको हो । बैंकले संस्थापक समूहको ९ लाख २५ हजार ५५७ कित्ता र सर्वसाधारण समूहको ४८ हजार १२० कित्ता गरि कुल ९ लाख ७३ हजार ६७७ कित्ता सेयर लिलाम बढाबढमा विक्री खुला गरेको थियो ।

लिलामी सेयर बाँडफाँडमा नपरेका लगानीकर्तालाई बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलले कात्तिक १३ गते (आज) देखि लिलामी फारममा उल्लेख गरेको बैंक खातामा नै रकम फिर्ता गर्ने जनाएको छ ।

क्यापिटलले जनाएअनुसार नेपाल क्लियरिङ हाउसमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरुको इन्टरबैंक पेमेन्ट सिस्टम मार्फत सिधै लगानीकर्ताको बैंक खातामा रकम फिर्ता पठाइने उल्लेख छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यसरि रकम फिर्ता गर्दा सम्बन्धित संस्थाको नियमअनुसार शुल्क लाग्ने भएमा त्यस्तो शुल्क आवेदकको खाताबाट नै बुझाउनुपर्ने क्यापिटलले जनाएको छ । खातामा रकम जसमा हुन नसकेका लगानीर्तालाई एनएमबि क्यापिटल नागपोखरीबाटै एकाउण्टपेयी चेक मार्फत भुक्तानी गरिने क्यापिटलले जनाएको छ ।

२१ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको सप्तकोशीले गत वर्षको कमाईबाट सेयरधनीलाई ११ बोनस तथा कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव गरेको छ ।

गत आवमा दुई करोड ३५ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ११ रुपैयाँ १५ पैसा कायम गरेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।