- फोटो प्रष्ट नभएको खण्डमा फोटोमा क्लिक गर्नुहोला । ठुलो आकारमा देखिनेछ ।
डाटा एनालिटिक्सको फाइनान्सियल एनालिसिस सेक्सन ले औसतमा बैंकको प्रगति १० प्रतिशतले बढेको देखाउँछ ।
जहाँ बैंकको इपीएस १७.२२, पीई २०.०३, बुक भ्यालु ११७.५५, रिटर्न अन इक्वीटी १४.६५ प्रतिशत र पीईजी १.८७ रहेको देखिन्छ । त्यसै गरी प्राइस टू बुक भ्यालु २.९३ देखाएको बैंकको पीबीभीपीई ५८.३६९ कायम भएको देखिन्छ ।
पीईजी रेशियो १ भन्दा तल रहेको कम्पनीलाई राम्रो कम्पनी मान्न सकिन्छ भने पीबीभी ३ भन्दा थोरै भएको कम्पनीलाई पनि अन्तराष्ट्रिय मापदण्ड अनुसार राम्रै मान्न सकिन्छ । पीई २० भन्दा कम भएको कम्पनीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार राम्रो मान्न सकिन्छ । की रेशियो एनालिसिस अनुसार सानिमाको अवस्था सन्तोषजनक नरहेको सफ्टवेयरले देखाउँछ ।
सफ्ट्वेयरले देखाए अनुसार बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ४० करोड रुपैंयाको हाराहारीमा खुद नाफा गर्न सक्ने देखिन्छ ।
फाइनान्यिस एनालिसिस को टेक्निकल इन्डिकेटर्स लाई हेर्दा बैंक वियरिस ट्रेण्डमा रहेको देखिन्छ । त्यसै गरी व्यालेन्स शीट र प्रफिट एण्ड लस एनालिसिस टूलको मद्धतले हेर्दा पहिलो त्रैमासमा आरओई, ईपीएस लगायतका सुचकहरु संकुचित बन्दै गएको देखिन्छ ।
यो त्रैमासमा बैंकको एनपीएल बढेको छ । नेटवर्थ घट्दो अवस्थामा छ भने आरओई १४.६४ प्रतिशतमा सिमित भएको छ । स्टक स्क्रीनिंग टुलबाट हेर्दा विगत ६ वर्षको तथ्यांकका आधारमा नेटवर्थ पीकमा पुगेर तल झरेको छ । बैंकको कमाई आकार भने अझै बढ्ने देखिन्छ ।
स्टक स्क्रीनिंग टुलबाट हेर्दा बैंकको पीई र वारेन बफेटको स्क्रीनिंग टुल पीबीभीका आधारमा हेर्दा सानिमा बैंक वाणिज्य बैंकहरुमा १३ औं स्थानमा छ । सबैभन्दा कमजोर अवस्थामा स्टाण्डर्ड चार्टर्ड बैंक रहेको देखिन्छ भने दोस्रो धेरै कमजोरमा एभरेष्ट बैंक देखिन्छ ।
इन्ट्रिन्सिक भ्यालुएशनका आधारमा हेर्दा सानिमा बैंकको सेयरबाट ६ प्रतिशतको प्रतिफल पाउन बैंकको सेयर प्रतिकित्ता ३०८ रुपैंयामा खरिद गर्नु पर्ने देखिन्छ । आइतबारको सेयरमूल्य उक्त प्रतिफलका लागि ३६ रुपैंया ३२ पैसाले ओभर भ्यालुड भएको नोट सिष्टिमले देखाएको छ ।
यदि कसैले सानिमा बैंकको सेयरबाट ५.५ प्रतिशतको मात्र प्रतिफल आए पुग्छ भनेर लामो समयका लागि प्रतिकित्ता सेयर ३४५ रुपैंयामा किन्छ भने त्यो निर्णय उपयुक्त हुने देखिन्छ ।
तर अहिले बैंकहरुले ८ देखि १० प्रतिशतसम्मको व्याजदरमा मुद्धतीमा बचत गर्ने व्यवस्था मिलाएका छन् । यो अवस्थामा सानिमाको सेयरमा ५.५ प्रतिशतको प्रतिफल लिन लगानी गर्ने कि नगर्ने भन्ने कुरा बिचारणीय छ ।
सानिमाको सेयर मूल्य घट्ला कि बढ्ला ?
डाटा एनालिटिक्सका अनुसार सानिमाको सेयर उच्च खरिद वा उच्च बिक्रीको सूचीमा छैन । प्राविधिक सूचकलाई हेर्दा सानिमाको सेयर खरिद बिक्रीमा सामान्य मात्र चाप परेको देखाउँछ ।
फ्लोरसिट एनालिसिसबाट हेर्दा सानिमाको सेयरमा खरिद र बिक्रीको चाप बराबरीको अवस्थामा रहेको देखिन्छ । तर खरिदको चापलाई क्रमिक रुपमा बिक्रीको चापले जित्दै गएको देखिन्छ ।
अक्टुबर २९, आइतबारका दिन ब्रोकर नम्बर ४५ ले सानिमा बैंकको सबैभन्दा धेरै अर्थात २,११५ कित्ता सेयर बेचेको देखिन्छ । त्यसै गरी ब्रोकर नम्बर ५८ ले सबैभन्दा धेरै अर्थात १,७९३ कित्ता सेयर किनेको देखिन्छ । औसतमा १४,३४३ कित्ता सेयर ३४७ रुपैंयाको दरमा कारोबार भएको छ । यस आधारमा हेर्दा डाटा एनासिलिक्सले आइतबारको सानिमा बैंकको सेयर कारोबारलाई सामान्य अवस्थाको देखाएको छ ।
१ महिनाको अवधिमा भएको सानिमाको सेयर कारोबारलाई पनि डाटा एनालिटिक्सले सामान्य देखाएको छ । यस अवधिमा ब्रोकर नम्बर ४९ ले ३४४ रुपैंयाको दरमा २७,५५३ कित्ता सेयर बिक्री गरेको देखियो । त्यसै गरी ४९ नम्बर ब्रोकरले औसतमा ३४५ रुपैंयाको हाराहारीमा सेयर खरिद गरेको देखिन्छ । यस आधारमा हेर्दा एक मिहनाको सानिमाको औसत सेयर मूल्य ३४४ रुपैंया कायम भएको देखिन्छ । बिक्री चाप बढ्ने संकेत देखिए पछि आइतबार सानिमाको सेयर मूल्य ३.३६ प्रतिशतको गिरावट सहित औसत संख्यामा किनबेच भएको देखिन्छ ।
यसरी मेरोलगानी डाटा एनालिटिक्सले तयार गरेको तथ्यलाई हेर्दा सानिमा बैंकमा राम्रो खरिद आकर्षण भएको देखिन्छ । तर बिक्री चाप बिस्तारै बढ्दै गएका कारण फ्लो बढ्ने देखिन्छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................