शतप्रतिशत हकप्रद बेच्न लागेको एउटा कम्पनी राइट व्याकले बाल बाल नोक्सानबाट बच्यो

Oct 31, 2017 Merolagani

केही समय अघि सर्वसाधारणका लागि एउटा लघुवित्त कम्पनीले सेयर निष्काशन गर्यो । सेयरमा परेको आवेदन यति धेरै थियो कि बाँडफाँडमा सेयर पाउनेहरुलाई ध्यान दिएर अझ भनौ बत्ती नै बालेर खोज्नु पर्ने अवस्था आयो । अहिले त्यही कम्पनीले सञ्चालन नोक्सानी व्यहोरेको वित्तीय बिवरण सार्वजनिक गरेको छ । केही रकम राइट व्याक गरेर उसले खुद नाफाको गन्ध लगानीकर्तालाई पस्किएको छ ।

कुनै पनि कम्पनीको सञ्चालन मुनाफाको आकारले नै उसको प्रगतिलाई झल्काउँछ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्तको वित्तीय बिवरण हेर्ने जो कोही पनि लघुवित्त लघुवित्त भन्दै उचालिने बेलामा सोच्न बाध्य हुने छन् ।

अहिले स्वदेशी लघुवित्तको सेयर कारोबार हुन सकेको छैन । थोरै संख्यामा भएको सेयर लघुवित्त लघुवित्त भन्दै राख्ने भएकाले नै यसको कारोबार हुन नसकेको हो । तर त्यही स्वदेशीको वित्तीय बिवरणलाई एक पटक हेरौं ।

७ करोड रुपैंयाको पूँजीलाई सेयर निष्काशन गरेर चुक्त्ता पूँजी १० कराेड पुर्याएकाे लघुवित्तको पहिलो त्रैमासमा सञ्चालन मुनाफा ३१ लाख  ७७ हजार रुपैंयाले ऋणात्मक छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको सञ्चालन मुनाफा ३९ लाख २१ ह्जार रुैंया थियो । गत असोज मसान्तमा लघुवित्तले ७३ लाख रुपैंयाको खराब कर्जा असुली गरेर कर्मचारीलाई बोनस बितरण गरेको छ । कर वापतको व्यवस्था पछि उसको खुद नाफा २६ लाख २४ हजार रुपैंया कायम हुन आएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ५३ लाख ६७ हजार रुपैंया खुद नाफा गरेको थियो । त्यस बेला भने लघुवित्तको सञ्चालन मुनाफा धनात्मक थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यस पटक कर्जा प्रवाह तथा निक्षेप संकलनमा आक्रामक देखिए पनि लघुवित्तको व्याज खर्चले त्यो उत्साहलाई माथ खुवाएको हो । त्यस पछि कर्मचारी खर्च, अन्य सञ्चालन खर्चको आकारमा आएको बढोत्तरीसँगै सम्भावित जोखिमको भाग बढे पछि लघुवित्त सञ्चालन नोक्सानीको अवस्थामा पुगेको हो ।

हाल कायम चुक्ता पूँजीका आधारमा लघुवित्तको प्रतिसेयर आम्दानी १० रुपैंया ४९ पैसा हुन आउँछ । कारोबार नै नभएको कम्पनीको मूल्य आम्दानी अनुपातकोृ कुरा छाडौं ।

लघुवित्तको १५ प्रतिशत बोनसका लागि सेयर मूल्य समायोजन भैसकेको छ । अब यसको पूँजी साढे ११ करोड राखेर प्रतिसेयर आम्दानी हेर्दा ९ रुपैंया हाराहारी हुन्छ । लघुवित्तले शतप्रतिशत हकप्रदको प्रस्ताव साधारण सभामा लैजाँदैछ । यहि अवस्थामा उसको चुक्ता पूँजी २३ करोड पुग्दा प्रतिसेयर आम्दानी कति होला ? त्यो पनि हेरौं । २६ लाख २४ हजार कमाईका आधारमा २३ करोड पूँजी तयार हुँदा लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैंया ५५ पैसा हाराहारी हुन्छ । बाँकी कुरा अर्को त्रैमास अनि हकप्रद निष्काशनका बेला झनै प्रष्ट हुने नै छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।