जोसुकै गए पनि सुध्रिने वाला छैन नेशनल हाइड्रो, लाभांसको आशै नगरौं

Oct 31, 2017 Merolagani

नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो जलविद्युत कम्पनी नेशनल हाइड्रो (NHPC) । कुनै बेला राम्रो मानिएको कम्पनी, केही व्यक्ति अनि समुहको कब्जामा परे पछि कामै नलाग्ने अवस्थामा पुग्यो । अनि उसलाई बदनाम कम्पनीको 'ट्याग' पनि लाग्यो ।

यहि नेशनल हाइड्रोले चालु आर्थिक वर्ष प्रथम त्रैमासको वित्तीय बिवरण सार्वजनिक गरेको छ । कहाली लाग्दो बिवरण देखेर लगानीकर्ता कम्पनीप्रति आशावादी बन्न नसक्नु स्वभाविक हुनेछ ।

केही समय अघि कम्पनीलाई नयाँ शीराबाट अघि बढाउने उद्घोष कम्पनी कब्जा गरेकाहरुले गरेका थिए । सोही अनुसार हाथवे समुहले कम्पनीमा आफ्नो उपस्थिती जनायो । हाथवे समूहका नवराज नेपाल कम्पनीमा सञ्चालक भएर भित्रिए । अम्बिकाप्रसाद पौडेल पनि कम्पनीमा प्रवेश गर्ने तरखरमा थिए । तर कम्पनीले विगतमा नै पढाईसकेको पाठबाट उनी पछि हटे । तर पनि कम्पनीका लगानीकर्तामा केही राम्रो होला भन्ने आश जागेको थियो । तर अब त्यो पनि समाप्त भएको कम्तीमा केही वर्षका लागि ।

कम्पनीमा हाबी भएको समहुको सक्रियता कायम रहिरहेको खण्डमा कहिल्यै सुधारको बाटो समात्न नसक्ने गतिलो उदाहरण पनि बनेको छ नेशनल हाइड्रो । जोसुकै कम्पनीमा आउन अनि जाउन, त्यहाँको संस्कारमा कुनै परिवर्तन नआउने भए पछि लगानीकर्ता कसरी उत्साहित हुन सक्छन् ? हाथवेको कम्पनी प्रवेश पनि अहिले त्यस्तै बनेको छ । 

नयाँ सञ्चालक समितिमा एउटै परिवारका दुई जनाको प्रतिनिधत्व हुनु, बदनाम एनबी समूहको पकड कायमै रहनु अनि कम्पनीको बित्तीय अबस्थामा कुनै सुधारको संकेत नदेखिनुले अब कम्पनीपप्रति लगानीकर्ताको आश मर्ने देखिएको हो ।

जगेडा कोष ४२ करोड घाटामा रहेको कम्पनीले नबिल बैंकलाई १७ करोड रुपैयाँ कर्जा तिर्नु पर्ने अवस्थाले कम्पनीको कमाई नदेखिएको हो । यस्तो अवस्थामा कहिले नबिलको ऋण चुक्ता गर्ने अनि कहिले जगेडा धनात्मक बनाएर लगानीकर्ताले प्रतिफल पाउने ? आखिरमा यसको सबै कारण भने संस्थागत सुशाशनको कमी हो ।

१ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले ५ करोड ३७ लाख ७६ हजार रुपैंयाको विद्युत बिक्री गरेको छ । कम्पनीले ९५ लाख २९ हजार रुपैंया खुद नाफा गरेको देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको खुद नाफा २ करोड ११ लाख १८ हजार रुपैंया खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको अन्त्यसम्मा पुग्दा कम्पनीको खुद नोक्सान ५ करोड ५७ लाख २३ हजार रुपैंया पुगेको थियो । यसै आधारमा हेर्ने हो भने कम्पनीको नोक्सान चालु आर्थिक वर्षको अन्त्यसम्ममा झन धेरै पुग्ने आँकलन गर्न सकिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

माथि उल्लेख भएको ऋणात्मक जगेडा र नबिलको कर्जा गरी ५९ करोड रुपैंया तिर्नका लागि वार्षिक ६ करोडका दरले खुद नाफा गर्दा पनि १० वर्षमा मात्र उक्त रकम असुल गर्न सक्छ । अनि मात्र लगानीकर्ताले पाउने प्रतिफलको कुरा उठ्छ । कमाईको आकार १० करोड पुग्यो भने पनि कम्तीमा ६ वर्षसम्म कुनै प्रतिफल दिन सक्ने आधार देखिन्न ।
अहिले कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैंया ७५ पैसा र प्रतिसेयर नेटवर्थ ७० रुपैंया मात्र छ । १०० रुपैंया नेटवर्थबाट ओरालो लाग्नुले कम्पनी ऋणात्मक नेटवर्थमा रहेको बुझाउँछ । अझ कम्पनीको प्रतिसेयर सम्पत्तीको मूल्य ८२ रुपैंया मात्र हुनुले अहिलेको मूल्यमा नै कम्पनीको सेयर किनबेच गर्नुले खतराको संकेत गर्छ ।

अदालतमा फैसला हुन बाँकी मुद्धाहरु, कर बक्यौता नगरेको विवाद लगायतले कम्पनीलाई अझै पछाडी धकेल्ने देखिन्छ । यस्तो अवस्थामा लगानीकर्ता चनाखो भएर आवेगमा नआई कम्पनीको सेयर कारोबार गर्दा उचित निर्णय गर्नु पर्ने देखिन्छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।