गुरु न्यौपानेबाट जफत गरिएको जनताको बैंकको ८५ हजार कित्ता सेयरको लिलामी खुल्यो

Nov 01, 2017 merolagani

जनता बैंकले गुरु प्रसाद न्यौपानेबाट जफत गरेर लिलामीमा राखेको ८५ हजार एक कित्ता सेयरमा आवेदन खुलेको छ । राष्ट्र बैंकको निर्देशनपछि जनता बैंकले न्यौपानेले प्रचलित कानुन विपरित किनेको साधारण सेयर जफत गरी लिलामीमा राखेको थियो ।

न्यौपानेको ८५ हजार एक कित्ता सेयर जफत भएको थियो । उक्त सेयरको आजबाट लिलामी खुलेको हो । लिलामीको सेयरमा कात्तिक १५ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । 

बैंकको लिलामीको सेयरको बिक्री प्रबन्धक काठमाण्डौं क्यापिटल रहेको छ । लिलामी सेयर सकार्न ईच्छुक लगानीकर्ताले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गुरुप्रसाद न्यौपाने जनता बैंकको सञ्चालक रहेका बेला माछापुच्छ्रे बैंकसँग मर्जर सम्झौताको प्रकृया चलेको थियो । सोही समयमा न्यौपानेले स्टक ब्रेकर नम्बर ४८ बाट आफ्नी श्रीमतीका नाममा ठुलो संख्यामा सेयर खरिद गरेका थिए ।

मर्जरको प्रकृया सार्वजनिक नभई भित्री सूचनाका आधारमा सेयर कारोबार गरेको प्रमाणित भए पछि राष्ट्र बैंकले जनता बैंकलाई न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको थियो । यस क्रममा न्यौपाने अन्य व्यक्तिका नाममा किनेको सेयर भने जफत हुनबाट बचेको थियो ।

हाल दोस्रो बजारमा जनता बैंकको सेयरमूल्य प्रतिकित्ता २५३ रुपैयाँको हाराहारीमा रहेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।