८१ पैसा प्रतिशत प्रतिसेयर आम्दानी भएको फाईनान्सको सेयरमूल्य २५२ !

Nov 01, 2017 Merolagani

तपाईले गर्नु भएको लगानीको एक आर्थिक वर्षमा कति प्रतिफलको आशा गर्नुहुन्छ ? सहजै उत्तर आउँछ २० प्रतिशत वा सो भन्दा धेरै । तर बुधबार चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको जानकी फाईनान्स (JFL) को प्रतिसेयर आम्दानी ८१ पैसा रहेको सुन्दा तपाईको आङ्ग नै सिरिङ्ग हुनसक्छ ।

निकै निराशाजनक वित्तीय विवरण आएपनि बुधबार फाईनान्सको सेयर कारोबार भने प्रतिकित्ता सेयरमूल्य २५७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

जानकी फाईनान्सको खुद नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २ करोड ५ लाख रुपैयाँले घटेर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ लाख ६५ हजारमा खुम्चीएको छ । गत वर्ष कम्पनीले ११ करोड ८३ लाख ३५ हजार खुद नाफा आर्जन गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

समीक्षा अवधिमा फाईनान्सको चुक्ता पूँजी ३ करोड रुपैयाँले बढेको छ । फाईनान्सले गत आर्थिक वर्षमा २ करोड ६२ लाख खुद ब्याज आम्दानी गरेकोमा यस वर्षको प्रथम त्रैमासमा ह्वात्तै घटेर ५७ लाख ७७ हजारमा झरेको छ । ब्याज आम्दानीमा ठुलो खडेरी लागेपछि फाईनान्सको नाफा निरासाजनक रुपमा घट्न पुगेको हो ।

फाईनान्सले सार्वजनिक गरेको वित्तीय विवरणमा निश्कृय कर्जा अनुपात समेत गत वर्षको तुलनामा तीन गुणाले बढेको छ । फाईनान्सको मूल्य आम्दानी अनुपात ३३५ गुणा बढी रहेको छ ।

गत बर्षको प्रथम त्रैमासको तुलनामा फाईनान्सको जगेडा कोष भने ५४ करोड रुपैयाँले बढेपछि प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ५७ पैसा रहेको छ । जसलाई राम्रै मान्न सकिन्छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।