नेशनल माइक्रोफाइनान्सको मुनाफा १ करोड ९७ लाख रुपैयाँ

Nov 01, 2017 Merolagani

नेशनल माइक्रोफाइनान्स (NMFBS) ले चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा  गत वर्षको सोही अवधिको तुलनामा १४ लाख खुद नाफा बढेको बित्तीय बिवरण सार्वजनिक गरेको छ ।  पहिलो त्रैमासमा माइक्रोफाइनान्सले खुद  १ करोड ९७ लाख रुपैयाँ मुनाफा कमाएको छ, जब कि गत बर्ष कम्पनीको खुद नाफा १ करोड ८३ लाख ९१ हजार थियो । 

 

१२ करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा १० करोड ५१ लाख रुपैयाँ राखेको छ । निक्षेप  ४० करोड २ लाख रुपैयाँ संकलन गरेको कम्पनीले   १ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

समीक्षा अवधिमा माइक्रोफाइनान्सको चुक्ता पूँजी २० प्रतिशत बाेनस पूँजीकृत गरेर दुई करोड रुपैयाँले बढाएपछि १२ करोड रुपैयाँ पुगेको हो । 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

खराब कर्जाका लागि २५ लाख ३४ हजार रुपैया संभावित जोखिमका लागि छुट्याइएको कम्पनीले यस अवधिमा संम्भावित जोखिम कोषबाट कुनै रकम फिर्ता गरेको छैन ।

माइक्रोफाइनान्सको  निष्कृय कर्जा शुन्य दशमलव ८० प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ६५ दशमलव ७४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ८७ दशमलव ६१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४२ दशमलव ६५ गुणा र तरलता अनुपात २६ दशमलव १८ प्रतिशत रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।