सहयोगी विकास बैंक कसरी व्यहोर्यो एक करोड बढीको नोक्सानी ?

Nov 01, 2017 Merolagani

सहयोगी विकास बैंक (SBBLJ) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड एक लाख ८६ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले गत बर्ष यसै अवधिमा एक करोड ५५ लाख खुद नाफा गरेपनि हाल सो नोक्सानी व्यहोरेको हो ।

बैंकको सञ्चालन घाटा एक करोड ४५ लाख ५० हजार पुगेपछि बैंक नोक्सानीको खाल्टोमा परेको हो । बैंकको आम्दानीको मुख्य स्रोत खुद व्याज आम्दानी समेत ह्वात्तै एक करोड ४४ लाख रुपैयाँले अघिल्लो बर्षभन्दा कमी आउँदा वित्तीय विवरण निराशाजनक बन्न पुगेको हो ।

चालु आर्थिक बर्षमा बैंकले ४ करोड ६४ लाख खुद ब्याज आम्दानी गरेकोमा यस बर्षको प्रथम त्रैमासमा घटेर ३ करोड २० लाखमा झरेको छ । उता गत बर्षको दुई करोड २९ लाख रुपैयाँको सञ्चालन नाफा यस बर्षको पहिलो त्रैमासमा एक करोड ४५ लाख नोक्सानीमा बढुन पुगेको छ ।

निक्षेप र कर्जा प्रबाहमा सामान्य वृद्धि गरेको बैंकले प्रबाह गरेको खराब कर्जाको अनुपात १.३६ प्रतिशतबाट बढेर २.८२ प्रतिशतमा पुगेपछि संम्भावित जोखिमका लागि तीन करोड ७३ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ । यस अवधिमा बैंकले ४३ लाख ६४ हजार रुपैयाँ राईट ब्याक गरेको छ ।

बैंकले व्याज आम्दानीको स्रोतमा वृद्धि गर्ने तथा खराब कर्जाको अनुपात घटाउन ध्यान नदिने हो भन्ने बैंकलाई दोस्रो त्रैमासमा समेत नोक्सानीबाट छुटकरा पाउन हम्मेहम्मे पर्ने निश्चित छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सार्लाहीमा मुख्य कार्यालय रहेको बैंकको चुक्ता पूँजी ६४.७० प्रतिशत (१७ करोड) ले बढेर ४२ करोड ४७ लाख रुपैयाँ कायम हुँदा जगेडा कोषमा समेत ३२.९० प्रतिशत (४ करोड ९४ लाख) बढेर १९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ०४ पैसा र तरलता अनुपात ३६.०५ प्रतिशत रहेको छ । बैंकले ठुलाे घाटा खाएपिछ कम्पनीले प्रतिसेयर अाम्दानी र मूल्य अाम्दानी अनुपात वित्तीय विवरणमा उल्लेख गरेकाे छैन ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।