एनआईसी एशिया बैंकद्धारा मोरङको पथरीमा शाखा विस्तार

Nov 01, 2017 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले मोरङको शनिश्चरे नगरपालिका १, जनआन्दोलन चौक पथरीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको यो १३३ औं शाखा हो । बैंकले यसअघि देशभर १३२ शाखा कार्यालयका साथै १४१ एटिएम काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको थियो ।

नयाँ शाखा कार्यालयको उद्घाटन कार्तिक १५ गते बुधबार एक समारोहका बिच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले गरेका छन् । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको बैंकको दाबी छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।