४ रुपैंया कमाउने मेगाबाट लगानीकर्ताले के अपेक्षा गर्ने प्रमुख कार्यकारी ज्यु ?

Nov 02, 2017 Merolagani

पूँजी वृद्धिको चटारोमा रहेको मेगा बैंक (MEGA) ले लगानीकर्तालाई निराश बनाएको छ । प्रगति गर्न नसकी भारी मात्रामा कमाई खस्केको प्रतिवेदन निकाले पछि लगानीकर्ता निराश बन्ने अवस्था आएको हो । पूँजी बढ्दै गर्दा कमाईमा आएको गिरावटले बैंकको प्रतिसेयर आम्दानीमा फराकिलो अन्तरको गिरावट आएको छ ।

बैंकले चालु आर्थिक वर्षको असोज मसान्तमा ८ करोड ११ लाख ९२ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १४ करोड ६९ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी तीन अर्ब २४ करोड ५ लाख रुपैंयाबाट बढे र चार अर्ब ५८ करोड २३ लाख रुपैंया पुगेको छ । यसरी पूँजी बढ्दा कमाई घटेका कारण बैंकको प्रगति सुस्त बनेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ रुपैंया १३ पैसा कायम भएको प्रतिसेयर आम्दानी अहिले ६ रुपैंया ८८ पैसामा झरेको हो । अहिले बैंकले ६५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ५६ करोड ८ लाख रुपैंया पुग्छ । यो पूँजीका आधारमा बैंकको अहिलेको कमाईबाट प्रतिसेयर आम्दानी हेर्ने हो भने लगानीकर्ताले बैंकबाट प्रतिफल पाउने आश नगर्नु उचित हुन्छ । किनकी त्यसबेला बैंकको प्रतिसेयर आम्दानी ४ रुपैंया हाराहारी हुनेछ । यसको जवाफ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि दिन सक्ने अवस्था देखिन्न । बैंकिंग क्षेत्रमा औधि नाम कमाए पनि मेगाको हकमा शाह असफल भएको यो वित्तीय बिवरणले पुष्टि गर्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैंया ८० पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ६६.५७ गुणा बढी रहेको छ । टुरिजम विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंक टुरिजमको सहयोगमा केही आश लाग्दो बन्ला कि भन्ने अपेक्षा गर्न सकिन्छ ।

३९ अर्ब रुपैंया निक्षेप संकलन गर्दा ३५ अर्बको मात्र कर्जा प्रवाह गरेका कारण बैंकको सिसिडी ७८ प्रतिशत माथि छ । यो अवस्थामा बैंकले थप कर्जा प्रवाह गर्न सक्दैन । निक्षेप संकलनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भएकाले बैंकले व्यवशाय गरेर नै उल्लेख्य प्रगति गर्ने अवस्था छैन । यो अवस्थामा टुरिजमलाई पनि मेगासँगको मर्जर निकल्नु न ओकल्नु हुने निश्चित छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।