एनएमबी बैंकले यसरी बनायो लगानीकर्तालाई आशावादी

Nov 02, 2017 Merolagani

पूँजी वृद्धिको विकल्पमा प्रकृयागत कारणले अलमलिन पुगेको एनएमबी बैंक (NMB) ले प्रगति गरेको छ । बैंकले खुद नाफाको आकार बढाउँदै लगेको वित्तीय बिवरण सार्वजनिक गरेको हो । कमाई बढाउँदै लैजाँदा बैंकको प्रतिसेयर आम्दानी पनि सन्तुलित भएको देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४५ करोड १३ लाख ५३ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३५ करोड ३६ लाख ८५ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

बैंकले समीक्षा अवधिमा ५ अर्ब ४३ करोड रुपैंयाको चुक्ता पूँजीलाई ६ अर्ब ४६ करोड रुपैंया पुर्याएको छ । पूँजी वृद्धिको अनुपातमा बैंकले कमाईको आकार ठुलो भएकाले प्रतिसेयर आम्दानी बढेको देखिएको छ । सम्भवत बैंकहरुमा प्रतिसेयर आम्दानी बढेको बिवरण सार्वजनिक गर्ने एनएमबी एक मात्र बैंक हुन सक्छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २६ रुपैंया ५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी अहिले २७ रुपैंया ९४ पैसा कायम भएको छ । यद्यपी उसले चुक्ता पूँजी ८ अर्ब पुर्याउने क्रममा यो अनुपातमा निकै संकुचन आउने देखिन्छ । बैंकले एफपीओ निष्काशन गर्न नपाएको खण्डमा उसले बोनसबाट मात्र चुक्ता पूँजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा ४ अर्ब ६७ करोड रुपैंया सञ्चित छ ।

...[एनएमबि बैंकको एफपीओ प्रकरण : राष्ट्र बैंक आफ्नो शर्तबाट पछि हट्ला कि नहट्ला ?]...

निक्षेप संकलन र कर्जाको आकार बढाए पछि बैंकको व्याज आम्दानीको आकार बढे पनि व्याज खर्चले खुद व्याज आम्दानी घटेको छ । गत आर्थिक वर्षको ६३ करोड ३२ लाख रुपैंयाको खुद वयज आम्दानी ६१ करोड ७० लाख रुपैंयामा झरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले शुल्क तथा कमिशनबाट धेरै आम्दानी गरेका कारण सञ्चालन मुनाफामा वृद्धि देखिएको हो । यद्यपी कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेका कारण बैंकको खुद सञ्चालन मुनाफाको वृद्धिमा अवरोध देखिएको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.८३ प्रतिशतबाट १.६७ प्रतिशतमा झरेको छ । सिसिडी ७७ प्रतिशतभन्दा माथि रहेकाले कर्जा प्रवाहबाट बैंकले अरु आम्दानी गर्न गाह्रो हुने भएकाले निक्षेप संकलनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । मूल्य आम्दानी अनुपात १७.३६ गुणा बढी रहेको बैंकमा लगानी गर्दा जोखिम कम हुने देखिन्छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।