खराब कर्जाको भार बढेसँगै शाइन रेसुङ्गाको प्रतिशेयर आम्दानी पनि खस्कियो

Nov 02, 2017 merolagani

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५० लाख मुनाफा गरेकोे छ। जुन गत वर्षको तुलनाभन्दा ४.१० प्रतिशत कम हो । ले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा ६ करोड ७८ लाख रुपैयाँ मुनाफा गरेको थियो ।



बैंकको संचालन मुनाफा घटेपछि नाफा प्रभावित भएको हो । बैंकको संचालन मुनाफा ५ प्रतिशतले घटेको छ । साथै खराब कर्जा समेत बढेको छ । गतबर्षका ०.२४ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा ०.५३ प्रतिशत पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले प्रोभिजनमा १ करोड ८४ लाख रुपैयाँ राखेको छ भने जम्मा ८ लाख रुपैयाँ मात्र खराबकर्जा उठाएको छ ।
१ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ चुक्ता पुजी भएको शाइन रेसुङ्गा बैंकले जगेडा कोषमा ३३ करोड ४८ लाख रुपैयाँ राखेको छ । बैंकले १० अर्ब ९३ करोड निक्षेप संकलन गरेर ९ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी १८.८९ रुपैयाँ छ । गतबर्षको यसैअवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२८ रुपैयाँ थियो । प्रति शेयर नेटवर्थ १२४.२९ रुपैयाँ, तरलता अनुपात २०.७७ प्रतिशत र मुल्य आम्दानीको अनुपात २१.७६ गुणा रहेको छ ।

 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।