शाह सेञ्चुरीमा प्रवेश गर्ने सम्बन्धमा आजै सम्झौता भईसकेको बताइएको छ । मेरोलगानीसँगको कुराकानीमा अनिल केशरी शाहले आफु सेञ्चुरीमा जाने पक्का भैसकेको बताए । शाह नेपाल बैंकर्श संघको अध्यक्ष समेत रहेका छन् ।
सेञ्चुरी बैंकको प्रमुख कार्यकारीबाट अनुजमणी तिमिल्सिनाले राजिनामा गरे पछि उक्त पद रिक्त अवस्थामा छ । प्राप्त जानकारी अनुसार शाहले डिसेम्बर १६ अर्थात पुस १ गतेदेखि नै सेञ्चुरीमा प्रमुख कार्यकारीको भुमिका निर्वाह गर्नेछन् ।
मेरोलगानीलाई प्राप्त जानकारी अनुसार शाहले मेगाबाट आफ्नो टिमलाई नै सेञ्चुरीमा भित्र्याउने तयारी गरेका छन् । यस सम्बन्धमा सेञ्चुरी बैंकमा छलफल भैरहेको छ । साथै शाहले सेञ्चुरीमा अन्य बैंकबाट पनि जनशक्ति भित्र्याउने बुझिएको छ ।
नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका शाह स्टण्डर्ड चार्टर्ड बाट फेरी नबिल हुँदै मेगा बैंकमा पुगेका थिए ।
...[४ रुपैंया कमाउने मेगाबाट लगानीकर्ताले के अपेक्षा गर्ने प्रमुख कार्यकारी ज्यु ?]...
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................