इन्भेष्टमेण्ट बैंकलाई नै आम्दानी सन्तुलन गर्न हम्मे हम्मे परे पछि अरुको के कुरा ?

Nov 03, 2017 Merolagani

गत आर्थिक वर्षमा नै राष्ट्र बैंकले ताकेको पूँजी पुर्याएको नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले पनि प्रतिसेयर आम्दानी सन्तुलन गर्न सकेन । एस डेभलपमेण्ट आफुमा गाभ्दा पनि बैंकलाई प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसक्ने अवस्था देखिएको हो । तर बैंकको गत आर्थिक वर्षको बोनस समेत पूँजीकरण भैसकेको अवस्थामा प्रतिसेयर आम्दानीको अनुपातलाई राम्रै मान्न सकिन्छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ४९ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको छ । उसले गत आर्थिक वर्षको यसै अवधिमा ७४ करोड ८ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकले २०.८१ प्रतिशतले खुद नाफा बढाएको हो ।

बैंकले समीक्षा अवधिमा एसलाई आफुमा विलय गरेर ८ अर्ब ७० करोड ६६ लाखको पूँजीलाई ९ अर्ब २४ करोड पुर्याएको थियो । उक्त पूँजीको १५ प्रतिशत बोनस बितरण गरेर अहिले बैंकले चुक्ता पूँजी १० अर्ब ६२ करोड ६४ लाख ३६ हजार रुपैंया पुर्याएको छ ।

अरु बैंक तथा वित्तीय संस्थाहरुले पहिलो त्रैमाससम्ममा पनि साधारण सभा गर्न भ्याएका हुँदैनन् । इन्भेष्टमेण्ट बैंकले भने पछिल्ला वर्षहरुमा पहिलो त्रैमास अगावै साधारण सभा गरेर प्रस्तावित बोनसलाई पहिलो त्रैमासमा पूँजीकरण गर्दै आएको छ । जसले गर्दा प्रत्येक वर्ष बैंकले प्रस्ताव गरेको लाभांसको असर प्रतिसेयर आम्दानीमा तत्काल देखिने गरेको छ ।

०८ अर्ब ७० करोडको पूँजी समीक्षा अवधिमा १० अर्ब ६२ करोड पुग्दा पूँजी वृद्धि प्रतिशत २२.०५ हुन आउँछ । समीक्षा अवधिमा बैंकको कमाई २०.८१ प्रतिशतले मात्र बढेको छ । कमाईभन्दा पूँजी धेरै बढेका कारण नै बैंकको प्रतिसेयर आम्दानीमा केही संकुचन देखिएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैंया तीन पैसा रहेकोमा यस पटक ३३ रुपैंया ६९ पैसा कायम भएको देखिन्छ ।

निक्षेप तथा कर्जा परिचालनको आकार बढाएर बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । व्याज खर्च बढ्दा व्याज आम्दानीक वृद्धिमा अवरोध देखिएको हो । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको बैंकले राइट व्याकको आकार बढाएर कमाईको आकार वृद्धिमा टेवा पाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशतबाट बढेर १.०४ प्रतिशत कायम भएको छ । उसको जगेडा कोषको आकार एसलाई गाभे पछि नै केही बढेको थियो । समीक्षा अवधिमा ४० प्रतिशत लाभांस बितरण गर्दा पनि बैंकको जगेडा कोषको आकार ८ अर्ब ३२ करोड रुपैंयाबाट बढेर ८ अर्ब ९७ करोड रुपैंया पुगेको छ ।

बैंकले समीक्षा अवधिमा सिडी रेशियो ७८.६९ प्रतिशतबाट ७५.९२ प्रतिशतमा झारेको छ । यसले निक्षेप र कर्जाको अहिलेको अनुपातलाई सन्तुलन गर्दै व्यवशाय बढाउनु पर्ने चुनौती बैंकसँग छ ।

बैंकको १ सय ८४ रुपैंया ४७ पैसा छ भने मूल्य आम्दानी अनुपात १९.२९ गुणाले मात्र बढी छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।