लघुवित्त भनेर उचालिनेहरुलाई झट्का दिने के आयो यस्तो खबर ?

Nov 03, 2017 merolagani

एक सय ६६ गुणा बढी मूल्य आम्दानी अनुपात भएको कम्पनीको सेयर किन्दा खतराका सूचकलाई कति ध्यान दिनु भएको छ ? निरन्तर पूँजी बढाउँदा प्रतिसेयर आम्दानीमा पहिरो गएको एउटा लघुवित्तको अवस्था पनि यस्तै देखिएको छ । अझ सेयर मूल्य उछालिदैँ गर्दा खुद नाफामा आएको गिरावटबाट लघुवित्त भनेर उचालिनेहरुले गतिलो पाठ सिक्ने भएका छन ।

लमजुङमा मूख्य कार्यालय रहेको रिलायबल माईक्रोफाईनान्स(RMFL) को वित्तीय विवरण हेरेर कम्पनीका लगानीकर्ताहरु निराश हुने अवस्था आएको छ ।

लघुवित्तको खुद नाफा गत आर्थिक बर्षको तुलनामा १० लाख रुपैयाँले घटेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३७ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा २७.१५ प्रतिशतले घटेको हो । 

लघुवित्तको चुक्ता पूँजी झण्डै दोब्बरले बढ्दा प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ । समीक्षा अवधिमा लघुुवित्तले ५० प्रतिशत हकप्रदपछि १३.३३ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी ५ करोड ६५ लाखबाट ९ करोड ६० लाख ५० हजार रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७० प्रतिशतले बढेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स


चुक्ता पूँजी ७० प्रतिशतले बढ्दा लघुवित्तको खुद नाफा २१.१५ प्रतिशतले घट्नु नै लगानीकर्ताका लागि जोखिम निम्तीनु हो । अहिले लघुवित्तको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३९ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५८ पैसा थियो । तर दोस्रो बजारमा लघुवित्तको सेयर मूल्य स्थीरप्राय अवस्थामा रहँदा यसका लगानीकर्ताको जोखिम बढेको छ । अहिले दोस्रो बजारमा लघुवित्तको प्रतिकित्ता सेयर १९ सय रुपैयाँको हाराहारिमा किनबेच भैरहेको छ । अब तपाई लगानीकर्ता आफैले बिचार गर्नुहोस् १६६.३५ गुणा बढी मूल्य आम्दानी अनुपात भएको कम्पनीको सेयर के आधारमा १९ सय रुपैयाँमा किनिरहनु भएको छ ?

 

लघुवित्तको कर्जा तथा निक्षेपको आकार बढ्दा कुल ब्याज आम्दानी उलेख्य बढेको छ । तर ब्याज खर्च झण्डै ३ गुणाले बढेपछि उसको खुद ब्याज आम्दानी ऋणात्मक हुन पुगेको हो । अझ त्यसमा कर्मचारी खर्च बढ्नु, अन्य सञ्चालन खर्च पनि बढ्नु लगायत कारणले लघुवित्तको खुद नाफा उकालो लाग्नुको साटो ओरालो झरेको हो ।

लघुवित्तको निस्क्रिय कर्जा अनुपात १.४६ प्रतिशतबाट बढेर १.६३ प्रतिशतमा पुगेको छ । उसको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा तथा तरलता अनुपात १५.५५ प्रतिशत रहेको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।