व्याज आम्दानी र सञ्चालन नाफा घटेपछि ग्लोबलको भयो यस्तो हविगत

Nov 03, 2017 Merolagani

ग्लोबल आईएमई बैंक (GBIME) को व्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा बैंकको समग्र वित्तीय विवरणले नै ' यु टर्न ' लिएको छ ।  खुद नाफा १६ प्रतिशतले घटेपछि अघिल्ला बर्षहरुमा सन्तुलनमा राख्दै आएको ग्लाेवलले पनि लगानीकर्तालाई उत्साहित बनाउन नसकेकाे हाे । 

बैंकले शुक्रबार प्रकाशित गरेको प्रथम त्रैमासिक प्रतिवेदनमा बैंकको आम्दानी मूख्य स्रोत खुद व्याज आम्दानीमा १५.८७ प्रतिशत तथा सञ्चालन नाफामा २७.८५ प्रतिशतले गिरावट आएपछि ग्लोबलको हविगत समेत अन्य बैंकजस्तै बन्न पुगेको छ । उसको खुद आम्दानी बढाउँदै लग्नुपर्नेमा उल्टो खुद नाफा १६ प्रतिशको पहिरो गएको छ । खुद नाफामा आएको गिरावटले बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँले घटेर १७ रुपैयाँ ४८ पैसामा झरेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी १३ प्रतिशतले बढेर ८ अर्ब ८ करोड पुगेको छ । बैंकको निक्षेप संकलन र कर्जा परिचालनमा समान्य ३०.६१ प्रतिशत र ३२.१७ प्रतिशतको वृद्धि देखिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

ग्लोबल आईएमई बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत बर्षको प्रथम त्रैमासको तुलनामा १६.१० प्रतिशतले कम हो । समीक्षा अवधिमा बैंकले एक खर्ब चार अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि बैंकको जगेडा कोष एक अर्ब ९७ करोडबाट चार अर्ब ४२ करोड रुपैयाँमा बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ, पूँजीकोष अनुपात ११.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.३५ प्रतिशत र मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ । बैंकको कोषको लागत ३ प्रतिशतबाट बढेर ७ प्रतिशतमा उक्लेको छ जसलाई बैंकले सन्तुलन गर्न नसकेको देखिन्छ ।

निष्कृय कर्जा अनुपात  १.५७ प्रतिशतमा घटाए पनि बैंकको संम्भावित जोखिम कोष वापतको रकम ४.५३ प्रतिशतले बढेर १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । उसले यस अवधिमा ८ करोड १३ लाख रुपैयाँ राईट व्याक गरेको छ । जुन गत बर्ष यसै अवधिको तुलनामा २ करोड ६२ लाख रुपैयाँले कम हो ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।