अनिल शाहले पुस १७ गतेदेखि सेञ्चुरीको नेतृत्व सम्हाल्ने

Nov 03, 2017 Merolagani

अनिल केशरी शाहले पुस १७ गतेदेखि सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी हुने भएका छन् । सेञ्चुरी बैंक सञ्चालक समिति बैंठकले शाहलाई पुस १७ गतेदेखि लागू हुनेगरि चार बर्षका लागि सिइओ नियुक्त गरेको हो ।

मेगा बैंकमा दोस्रो कार्यकाल पुरा हुन लागेका शाहले सेञ्चुरी बैंक (CCBL) बाट आफ्नो उपस्थिती देखाउन लागेका हुन् । मेगामा आगामी डिसेम्बर २५ मा शाहको दोस्रो कार्यकाल पुरा हुँदैछ । शाह नेपाल बैंकर्श संघको अध्यक्ष समेत रहेका छन् ।

सेञ्चुरी बैंकको प्रमुख कार्यकारीबाट अनुजमणि तिमिल्सिनाले राजिनामा गरेपछि उक्त पद रिक्त अवस्थामा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

मेरोलगानीलाई प्राप्त जानकारी अनुसार शाहले मेगाबाट आफ्नो टिमलाई नै सेञ्चुरीमा भित्र्याउने तयारी गरपनि सेञ्चुरीमा छलफल कै चरणमा रहेको बुझिएको छ । साथै शाहले सेञ्चुरीमा अन्य बैंकबाट पनि जनशक्ति भित्र्याउने बुझिएको छ ।

नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका शाह स्टण्डर्ड चार्टर्ड, नबिल, मेगा हूँदै अहिले सेञ्चुरीमा पुगेका छन् ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।