एशियन लाईफका पाल्पा तथा घोराही उपशाखा स्तरोन्नती

Nov 03, 2017 merolagani

एशियन लाईफ इन्स्योरेन्स कम्पनी (ALICL) ले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले पाल्पा उपशाखालाई स्तरोन्नती गरी शाखा कार्यालय संचालनमा ल्याएको छ । त्यसै गरी दाङ्गको घोराही उपशाखालाई पनि स्तरोन्नती गरी शाखा कार्यालय संचालनमा ल्याएको छ ।

पाल्पा तथा घोराही शाखा कार्यालयको कम्पनीका प्रमुख कार्यकारी अधिकृत  राजेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन ।

कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना लगायत १५ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । साथै ग्राहकवर्गको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य योजनाहरु समेत ल्याउने यस कम्पनीको योजना रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीको आषाढ मसान्तसम्म जीवन बीमाकोष १० अर्ब ९ करोड, लगानी ९ अर्ब ५४ करोड तथा चुक्ता पूँजी ८० करोड ५५ लाख रहेको छ । निकट भविष्यमा नै कम्पनीले चुक्तापुँजीको ५०% हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । उक्त शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड पुग्नेछ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।