निर्जीवन बीमा व्यवशायमा विगत साँढे दुई दशक देखी सक्रिय रहँदै आएको हिमालयन जनरल इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार समय सीमा अगाडि नै चुक्ता पूँजी कायम गरेको हो । बीमा समितिले २०७५ असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले एक अर्ब चुक्ता पूँजी कायम गर्नुपने बाध्यकारी व्यवस्था गरेको छ । यसरी चुक्ता पूँजी पु-याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले जनाएको छ ।
गत आर्थिक बर्षको बर्षको चौथो त्रैमासमा इन्स्योरेन्सको चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । हिमालयन जनरलले १६६ दशमलव ६७ प्रतिशत बराबरको ६४ करोड २० लाख रुपैयाँको हकप्रद जारीपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पु-याएको हो ।
इन्स्योरेन्स कम्पनीले गत आवमा एक अर्ब ३० करोडको प्रिमियम संकलन गरेको छ, भने निकट भविश्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने बताइएको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवाप्रदान गर्दै आइरहेकाे छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................