बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४० लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २७ करोड ९ लाख ७४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ४ करोड ६९ लाख २८ हजार रुपैंयाले घटेको हो । बैंकको खुद नाफामा आएको यो गिरावट १७.३२ प्रतिशत हो ।
बैंकले समीक्षा अवधिमा ४ अर्ब ५७ करोड ६८ लाख ९१ ह्जार रुपैंयाको चुक्ता पूँजी बढाएर ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैंया पुर्याएको छ । यो अवधिमा बैंकको चुक्ता पूँजी २३ प्रतिशतले बढेको हो ।
यसरी बैंकले २३ प्रतिशतले पूँजी बढाउँदा कमाईको आकार १७.३२ प्रतिशतले घट्नुले प्रतिसेयर आम्दानीमा अनपेक्षित गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैंया ६८ पैसा थियो । अहिले बैंकको प्रतिसेयर आम्दानी १५ रुपैंया ९२ पैसा कायम भएको छ ।
बैंकले निक्षेप संकलनको आकार बढाउन सकेको छैन । कर्जा परिचालनको आकार केही बढेको छ । तर व्याजदर बढेका कारण बैंकको कुल व्याज आम्दानी १ अर्ब २६ करोड ९७ लाख रुपैंयाबाट बढेर १ अर्ब ९२ करोड ९ लाख ९० हजार रुपैंया पुर्याएको छ । तर व्याज खर्च ६४ करोड ४७ लाख रुपैंयाबाट बढेर १ अर्ब ३४ करोड पुगेका कारण उसको खुद व्याज आम्दानी बढ्न नसकी घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६२ करोड ५० लाख रुपैंया खुद व्याज आम्दानी गरेकोमा यस पटक ५७ करोड ३६ लाख रुपैंया मात्र खुद व्याज आम्दानी गरेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात १.१२ प्रतिशतबाट बढेर २.०८ प्रतिशत पुगेको छ । जगेडा कोषमा गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब २० करोड रुपैंया रहेकोमा यस पटक ३ अर्ब ५३ करोड रुपैंया मात्र सञ्चित छ । बैंकले यो जगेडाबाट गत आर्थिक वर्षको बोनस बितरण गर्न बाँकी नै छ ।
हाल कायम पूँजी तथा जगेडाका आधारमा बैंकले १८ प्रतिशतसम्म बोनस बितरण गर्न सक्छ । थप पूँज्ी संस्थापक सेयर प्रिमियममा बिक्री गरेर जुटाउनु पर्ने हुन्छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६२ रुपैंया ५० पैसा, सीढी रेशियो ७७.३९ प्रतिशत तथा मूल्य आम्दानी अनुपात २७.८३ गुणाले बढी छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................