जगेडा कोषमा आर्कषक बढोत्तरी गरेपनि चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सको खूद नाफामा भने गिरावट देखिएकाे हाे। यो अवधिमा फाइनान्सले १ करोड ४८ लाख नाफा कमाएको छ । जब कि गत वर्षको यही अवधिमा कम्पनीको नाफा १ करोड ६४ लाख थियो । कम्पनीको नाफा १६ लाखले घटेको हो ।
फाइनान्सको चुक्ता पूँजी बढेको अनुपातमा व्यवसाय विस्तार गर्न नसक्दा कमाई घटेपछि प्रतिसेयर आम्दानी खस्कीएको छ । कम्पनीको को खुद ब्याज आम्दानी नै घटेपछि नाफा प्रभावित भएको हो । गत वर्षको पहिलो त्रैमासमा ३ करोड ९९ लाख रहेको खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा २ करोड ७८ लाखमा सीमित बन्न पुगेको हो ।
कम्पनीको चुक्तापूँजी ४९ करोडबाट बढेर ६५ करोड पुगेको छ । अघिल्लो बर्षको कमाईबाट १३.५० प्रतिशत बोनस र एफपीओ बिक्रीबाट कम्पनीले चुक्तापूँजी बढाएको हो । एफपीओ बिक्री गरेकै कारण उसको जगेडा कोषमा उल्लेखनिय बढोत्तरी आएको हो । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन कम्पनीले १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रियामा रहेको छ भने गत बर्षको बोनस घोषणा गर्न बाँकी छ ।
यो अवधिमा फाइनान्सले ३ अर्ब ८० करोड निक्षेप संकलन गरी ३ अर्ब ५३ करोड कर्जा परिचालन गरेको छ । फाइनान्सको निक्षेप तथा कर्जा विस्तार सुधारात्मक भएपनि कर्मचारी खर्च अचाक्ली बढेको छ । फाइनान्सको कर्मचारी खर्च ८८ लाखबाट बढेर १ करोड २८ लाख पुुगेको छ र त्यस्तै अन्य सञ्चालन खर्च पनि ५९ लाखबाट वृद्धि भई ८८ लाख माथि पुगेको छ ।
समीक्षा अवधिमा फाइनान्सले खराब कर्जा भने घटाएको छ । गत बर्ष यही अवधिमा २.१६ प्रतिशत रहेको खराब कर्जालाई घटाएर १.३३ प्रतिशतमा झार्न फाइनान्स सफल भएको हो ।
यो अवधिमा पोखरा फाइनान्सकाे प्रतिसेयर आम्दानी घटेर ९.०८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.२२ गुणा कायम भएको छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................