तिनाउ विकास बैंकको खुद नाफा १८.२७ प्रतिशतले घट्यो

Nov 04, 2017 Merolagani

तिनाउ विकास बैंक (TNBL) को चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा १८.२७ प्रतिशतले घटेको छ । बैंकले गत आव यसै अवधिमा एक करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा हाल एक करोड ५६ लाखमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ करोड ३० लाख रुपैयाँबाट ६८.७५ प्रतिशतले बढेर ४६ करोड आठ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले चार अर्ब निक्षेप संकलन गरी तीन अर्ब २५ करोड २८ लाख रुपैयाँको कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप १५.१४ प्रतिशत तथा कर्जा परिचालन ९.३४ प्रतिशतले बढेको छ ।

बैंकले खुद व्याज आम्दानी ६२ लाखले घटेर तीन करोड १२ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गर्न सकेको देखिएको छ । बैंकका सञ्चालन आम्दानीमा समेत एक करोडले कमी आउँदा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९ पैसावाट आधा घटेर १३ रुपैयाँ ६१ पैसामा खुम्चिएको छ । पूँजीवृद्धि अनुपातमा आम्दानी बढाउन नसक्दा त्यसको प्रतक्ष्य असर प्रतिसेयर आम्दानीमा देखिएको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

जगेडा कोषकाे आकार दुई करोड ८८ लाख रुपैयाँले बढाएर १६ करोड चार लाख पुर्याएपछि प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८२ पैसा कायम गरेको छ । संभावित जोखिम व्यवस्थापनका लागि ४३ लाख २९ हजार प्रोभिजन गरेको बैंकले ६० लाख ६५ हजार रुपैयाँको राईटव्याक गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात बढेर ०.३६ मा उक्लेको छ । त्यस्तै पूँजीकोष अनुपात १५.९३ प्रतिशत, कर्जा निक्षेप अनुपात ७०.२८ प्रतिशत, कोषको लागत ३.२६ ले बढेर ८.५८ प्रतिशत पुगेको छ भने मूल्य आम्दानी अनुपात २०.४३ गुणा रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।