भोजपुरमा एनआईसी एशियाले खोल्यो शाखा

Nov 04, 2017 Merolagani

एनआईसी एशिया बैंकले भोजपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुर नगरपालिका वडा नम्बर ०७ स्थित चेङ्गवेनी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले एनआईसी एशियाको नयाँ शाखा उद्घाटन गेरका हुन् ।

भोजपुरमा शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या १३३ पुगेको छ । त्यसै गरी बैंकको एटीएम काउण्टर संख्या १४१ पुग्यो ।

बैंकले सम्भावित बजार क्षेत्रमा थप शाखा संचालन गर्दै लैजाने बताएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।