कैलाशले पनि बनायो निराश, प्रतिसेयर आम्दानी ३२ रुपैयाँबाट १६ मा झर्यो

Nov 05, 2017 merolagani

राष्ट्रियस्तरका विकास बैंकहरुमा उत्कृष्ट बैंकहरुको अग्रपक्तिमा दरिदै आएको कैलाश विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा भने लगानीकर्तालाई निराश बनाउने वित्तीय विवरण प्रकाशित गरेको छ । एकबर्षको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँबाट झरेर १६ रुपैयाँ कायम भएको छ ।



बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९७ पैसा छ । जून गत आर्थिक बर्षको भन्दा झण्डै आधा हो । गतबर्षको पहिलो त्रैमासको बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा रहेको थियो ।

पूँजी वृद्धिको अनुपातमा बैंकको कमाई बढ्न नसकेपछि प्रतिसेयर आम्दानी उच्च गिरावट आएको हो । गतबर्षको यसैअवधिमा एक अर्ब ५८ करोड रहेको बैंकको चुक्तापूँजी २ अर्ब २९ करोड पुगेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कैलाश विकास बैंकले ९ करोड ७२ लाख खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको तुलनामा यसअवधिमा बैंकको नाफा ३ करोड २९ लाख कम हो । गतबर्षको पहिले त्रैमासमा बैंकले १३ करोड खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएपछि नाफा प्रभावित भएको हो । बैंकले यसअवधिमा १५ करोड ४५ लाख खुद ब्याज आम्दानी गरेको छ । जबकी गतबर्षको यसै अवधिमा २१ करोड २१ लाख ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी, कर्मचारी खर्च तथा संचालन मुनाफामा कमी आएपछि बैंकको आम्दानी घटेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको सीसीडी रेसियो ७२ दशमलव ७२ प्रतिशत छ ।
यस अवधिमा बैंकको खराब कर्जा सामान्य घटेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा शून्य दशमलव ९१ प्रतिशत छ । बैंकले प्रोभिजनमा १ करोड ७५ लाख रुपैयाँ राखेको छ भने १ करोड ५२ लाख खराब कर्जा उठाएको छ 

बैंकले यस अवधिमा १८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १५ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ८ करोड राखेकोे छ ।
बैंकले गतबर्षको कमाईबाट १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी दुई अर्ब ५२ करोड पुग्नेछ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।