फार्इनान्सको नाफा गत बर्षको यसै अवधिको तुलनामा ११.९७ प्रतिशत बढी हो । कम्पनीको कुल चुक्ता पूँजीमा २० करोड रुपैयाँले बृद्धि भएको छ । २९ करोड ३७ लाख रहेको चुक्ता पूँजी बढेर ४९ करोड ३४ लाख पुगेको छ ।
फाईनान्सको कुल ब्याज आम्दानीमा भएको प्रगतीले गर्दा कुल आम्दानीमा बृद्धि भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा खुद ब्याज आम्दानीबाट २ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको फाईनान्सको आम्दानी बढेर यो आर्थिक वर्षको पहिलो त्रैमासमा आईपुग्दा २ करोड ८१ लाख पुगेको छ । यो तथ्याङ्कबाट कम्पनीको ब्याज आम्दानी मात्रै ४९ लाख रुपैयाँले बढेको देखिन्छ ।
फाईनान्सले आफ्नो निक्षेप संकलनमा पनि भारी बृद्धि गरेको छ । गत वर्षको यसै अवधिमा २ अर्व १६ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेको संस्थाले यस वर्षको पहिलो त्रैमासमा आईपुग्दा सो रकम बढाएर २ अर्व ५२ करोड पुर्याएको छ ।
निस्कृय कर्जा अनुपात ०.२५ प्रतिशतमा झारेको छ । फाईनान्सको तरलता अनुपात २९.७७ प्रतिशत, प्रतिसेयर आम्दानी १२.९३ पैसा तथा प्रतिशेयर नेटवर्थ १४५.४० रुपैयाँ रहेको छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................