समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ करोड २३ लाखबाट ४५ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत बर्षको यसै अवधिमा पाँच करोड ८२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष आठ करोड ७२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
हाम्रो विकास बैंकले चाल् आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा एक करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको गत आर्थिक बर्षको तुलनामा ९ प्रतिशत अर्थात १० लाख रुपैयाँले घटेको हो । ंउसको पूँजी २७५ प्रतिशत र जगेडा कोष ४७.८७ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकले एक अर्ब ३२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब २१ करोड ९९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले निक्षेप १६.४९ प्रतिशत र कर्जा परिचालन ३१.९२ प्रतिशतले बढेको छ । जसबाट बैंकले दुई करोड ९ लाख रुपैयाँ खुद व्याज आम्दानी तथा एक करोड ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गर्न बैंक सफल भएको छ । बैंकको खुद व्याज आम्दानी ७.४८ र सञ्चालन नाफा ५.८८ प्रतिशतले बढाएको छ ।
निष्कृय कर्जा अनुपातलाई घटाएर शून्य दशमलव ४४ प्रतिशतमा झारेको बैंकको कोषको लागत भने ४ दशमलव १८ बाट बढेर ७.८२ प्रतिशतमा उक्लेको छ । बैंकको पूँजीकोष अनुपात ३४.८२ प्रतिशत, र कर्जा निक्षेप अनुपात ६५.९७ प्रतिशत रहेको छ ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................