मन्जुश्री फाइनान्सको नाफा २७.२० प्रतिशतले घट्यो

Nov 05, 2017 Merolagani

मञ्जुश्री फाईनान्स कम्पनी (MFIL) ले २७.२० प्रतिशतले खुद नाफा घटेको बित्तीय बिवरण सार्वजनिक गरेको छ । कम्पनीको गत बर्ष तुलनामा झण्डै तीन गुणा चुक्ता पूँजी बढाउँदा चालू आर्थिक बर्षको पहिलो त्रैमासमा एक तिहाईले खुद नाफा घटेको देखिएको छ ।

गत बर्षको पहिलो त्रैमासमा ९० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले यस अवधिमा ६६ लाख १३ हजार रुपैयाँ मात्र कमाउन सकेको छ । समीक्षा अवधिमा फाइनान्सको खुद नाफा २४ लाख ७१ हजार रुपैयाँले घटेको हो । 

मञ्जुश्रीले १७५ प्रतिशत हकप्रद र बोनसबाट २५ करोड ६ लाख चुक्ता पूँजीलाई ७२ करोड ४३ लाख पु¥याएको छ । फाइनान्सले पूँजी बृद्धि अनुसारको प्रतिफल कमाउन नसक्दा प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट देखिएको छ । समीक्षा अबधिमा फाइनान्सको प्रतिशेयर आम्दानी झण्डै ११ रुपैयाँ घटेको छ । गत बर्षको पहिलो त्रैमासमा १४ रुपैयाँ ५० पैसा रहेको फाइनान्सको प्रतिशेयर आम्दानी अहिले ३ रुपैयाँ ६५ मा संकुचित भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

समीक्षा अवधिमा फाईनान्सले ७५ लाख रुपैयाँ खुद व्याज आम्दानी बढाएर दुई करोड ९३ लाख आर्जन गरेको छ । फाइनान्सको अन्य सञ्चालन खर्च र कर्मचारी खर्च दोब्बरले बढेपछि खुद नाफामा व्यापक कटौती आएको छ ।

समीक्षा अबधिमा फाइनान्सको निष्कृय कर्जामा ठुलो सफलता हाँसिल गरेको छ । कम्पनीले ३.३३ प्रतिशतबाट १.७७ प्रतिशतमा निष्कृय कर्जा अनुपात घटाएको छ । निष्कृय कर्जा घटेपनि फाइनान्सको कोषको लागत भने ७ बाट १० प्रतिशतमा बढेको छ ।

मञ्जुश्री फाईनान्सको पूँजीकोष अनुपात १८.९६ प्रतिशत, प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ४० पैसा, र मूल्य आम्दानी अनुपात ४०.८२ गुणा रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।