गुडविलकाे खुद नाफा एक करोड २० लाख

Nov 05, 2017 Merolagani

गुडविल फाइनान्स (GFCL) ले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड २० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सले गत बर्षको यसै अवधिमा एक करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चुक्ता पूँजी ६० प्रतिशतले बढाएको फाइनान्सको चुक्ता पूँजी बढेअनुरुप नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा भने संकुचन देखिएको छ । गत बर्ष १० रुपैयाँ ४५ पैसा प्रतिसेयर आम्दानी रहेको फाइनान्स कम्पनीको हाल ६ रुपैयाँमा ६५ पैसामा झरेको छ । फाइनान्सले जगेडा कोष झण्डै दोब्बर अर्थात २० करोड ५६ लाख पुगेकाे छ ।

समीक्षा अवधिमा ३ अर्ब ७१ करोड रहेको गुडविलको निक्षेप आकार बढेर ४ अर्व ६६ करोड ८१ लाख पुगेको छ । उता तीन अर्ब १२ करोड रहेको कर्जा परिचालनलाई बढाएर तीन अर्ब ९० करोड पुर्याएको छ । जसबाट फाइनान्सले खुद व्याज अाम्दानी ३५ लाखले बढाएर दुई करोड ९० लाख पुर्याएको फाइनान्सको सञ्चालन नाफा भने ६७ लाख रुपैयाँले घटेर एक करोड ८२ लाखमा सिमित भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

निष्कृय कर्जालाई १.९८ प्रतिशतवाट १.२९ मा घटाउन सफल भएपछि फाइनान्सको कर्जा जोखिमका लागि गरिने जोखिम व्यवस्था कोष एक करोड ६१ लाखबाट ३९ लाखमा झरेको छ ।

७२ करोड ८० लाख चुक्ता पूँजी बनाएको फाईनान्सको समीक्षा अवधिमा कोषको लागत भने ६.५९ वाट ९.२० मा बढेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ १२८ रुपैयाँ ९५ पैसा, र कर्जा निक्षेप अनुपात ७२.३२ प्रतिशत रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।