निक्षेप संकलन र कर्जा प्रबाहको आकार बढाएर कुल व्याज आम्दानीमा राम्रो सुधार गरेको बैंक व्याज खर्च अधिक बढेपछि समस्यामा परेको हो । महँगो दरमा निक्षेप संकलन गर्ने होडबाजीका कारण नै बंगलादेश लगायतका बैंकहरुले कमाई बढाउन नसकेका हुन् । बंगलादेशको कष्ट अफ फण्ड समीक्षा अवधिमा ४.१८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशतमा उक्लिएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २२ करोड ५० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावटले खुद नाफामा यस्तो गिरावट देखिएको हो ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब १ करोड १७ लाख रुपैयाँको चुक्ता पूँजीलाई बढाएर ८ अर्ब ८ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । झण्डै दोब्बरले पूँजी बढाउँदा खुद नाफा घट्नु नै प्रतिसेयर आम्दानी तल झर्नुको मुख्य कारण हो । गत आर्थिक वर्षको यसै अवधिमा २२ रुपैंया ४३ पैसा रहेको बंगलादेश बैंकको प्रतिसेयर आम्दानी अहिले ७ रुपैयाँ ६१ पैसा कायम भएको छ । बैंकले वित्तीय बिवरणमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहेको देखाएको छ ।
समीक्षा अवधिमा बैंकको जगेडा कोष २ अर्ब २५ करोडबाट २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । निस्क्रिय कर्जा अनुपात १.१६ प्रतिशतबाट ०.७३ प्रतिशतमा झारेको बैंकको मूल्य आम्दानी अनुपात ४४ गुणाले बढी छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................