खराब कर्जा असुलेर चमत्कार देखाउने वाणिज्य बैंक चिन्नुहोस्

Nov 06, 2017 Merolagani

सबै बाणिज्य बैंकहरु निक्षेपको व्याजदर बढेर चेपिएका बेला सिभिल बैंकले भने प्रगतिको छनक देखाएको छ । सिभिलको व्याज खर्च भन्दा व्याज आम्दानीको वृद्धि अनुपात धेरै भएकाले बैंकको खुद व्याज आम्दानी बढेको छ । खराब कर्जा असुली गरेकाले पनि बैंकको कमाईको आकार बढेको हो । अरु बैंकको कमाई घट्दा बैंकले गरेको बढोत्तरीलाई चमत्कार नै मान्नु पर्छ ।

(CBL) बैंकले गत बर्षको प्रथम त्रैमासको तुलनामा ९ करोड ८८ लाख रुपैयाँले खुद नाफा बढाएर ११ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । गत बर्षको प्रथम त्रैमासमा २२ करोड ९७ लाख रुपैयाँ खुद व्याज आम्दानी बढेर अहिले २८ करोड ६२ लाख पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी तीन अर्ब आठ करोडबाट पाँच अर्ब १८ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष समेत ५३ करोड ७९ लाखबाट एक अर्ब ७५ करोड ६२ लाख पुर्याएर बैंकले आकर्षक प्रगति देखाएको छ । बैंकले गत बर्षको बोनस र धितोपत्र बोर्डबाट ४० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको छ । उक्त हकप्रद निष्काशन पश्चात भने बैंकको अहिलेका सुचकमा व्यापक परिवर्तन आउनेछ ।

बैंकको निक्षेप संकलन ९.२८ प्रतिशतले बढेर ३४ अर्ब २४ करोड पुग्दा कर्जा परिचालन १७.५३ प्रतिशतले बढेर ३० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

अब हेरौं प्रतिसेयर आम्दानी । गत बर्षको यसै अवधिमा एक रुपैयाँ ८९ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकले दुई करोड पूँजी बढाउँदा प्रतिसेयर आम्दानी चार गुणाले बढाएर ८ रुपैयाँ ४९ पैसा कायम गरेको छ । बैंकको यो सुधारलाई सकरात्मक मान्नै पर्ने हुन्छ । अब ४० प्रतिशत हकप्रद पछि भने बैंकको यो अवस्थामा गिरावट आउने छ । अहिले बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैंया छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको निष्कृय कर्जा अनुपातको आकार घट्न सकेको छैन । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ४.१३ प्रतिशतबाट बढेर ४.६९ प्रतिशत पुगेको छ । बैंकले सम्भावित नोक्सानीका लागि ३३ करोड १७ लाख रुपैयाँ छुट्याएर १३ करोड ७२ लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ ।

खराब कर्जा असुलीमा केही सफलता हासिल गरेका कारण नै बैंक सञ्चालन नोक्सानीबाट खुद नाफाको अवस्थामा पुगेको हो । बैंकले खराब कर्जा असुल गर्ने क्रममा ३१ करोड ४५ लाख रुपैयाँ उठाएको छ ।

बैंकको कोषको लागत बढेर ८ प्रतिशत पुगेका कारण अरु बैंकलाई जस्तै समस्या देखिएको हो । सिडी रेशियो ७६..४८ प्रतिशत रहेको बैंकले थप कर्जा परिचालन गर्दा निक्षेपलाई पनि सँगै लैजानुपर्ने हुन्छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८७ पैसा तथा मूल्य आम्दानी अनुपात २७.३३ गुणा रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांस प्रस्ताव गर्न बाँकी छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।