खर्च बढेपछि मेरो माइक्रोफाइनान्सको वित्तीय बिवरण यस्तो देखियो

Nov 06, 2017 Merolagani

मेरो माईक्रोफाइनान्स (MERO) को सञ्चालन खर्च बढे पछि कमाई घटेको छ । लघुवित्तको खुद व्याज आम्दानी बढे पनि खर्चका अरु शिर्षकहरु बढे पछि खुद नाफामा संकुचन आएको हो । लघुवित्तले गत आर्थिक बर्षको प्रथम त्रैमासमा दुई करोड १४ लाख रुपैयाँ खुद नाफा गरेकोमा अहिले एक करोड ९० लाख मात्र कमाएको छ । लघुवित्तको खुद नाफा समीक्षा अवधिमा ११ दशमलव २४ प्रतिशतले घटेको हो ।

मेरोको खुद व्याज आम्दानी चार करोड ९८ लाख रुपैयाँबाट बढाएर पाँच करोड २० लाख रुपैयाँ  पुर्याएको छ । कम्पनीको सञ्चालन आम्दानी भने ३६ लाख रुपैयाँले घटेर दुई करोड ९४ लाखमा आएको छ । लघुवित्तको कर्मचारी खर्च झण्डै १ करोडले बढेर सञ्चालन आम्दानी नजिक पुगेको छ जसलाई नियन्त्रण गर्न जरुरी देखिन्छ ।

मेराले चुक्ता पूँजी ४३ प्रतिशतले बढाएर २८ करोड ६० लाख कायम गरेको छ । लघुवित्तले पूँजी बढेअनुसार खुद नाफा बढाउन नसक्दा ४२ रुपेयाँ ८५ पैसाको प्रतिसेयर आम्दानी घटेर २६ रुपैयाँ ६० पैसा कायम भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

समीक्षा अवधिमा कम्पनीले ५५ करोड २९ लाख निक्षेप संकलन र दुई अर्ब ५६ करोड ४१ लाख कर्जा परिचालन गरेको छ । लघुवित्तको निक्षेप र कर्जा परिचालन क्रमश ८७.४१ र ६२.७६ प्रतिशतले बढेको छ ।

निष्कृय कर्जा अनुपातलाई १.३१ प्रतिशतमा झारेको लघुवित्तको कर्जा नोक्सानी व्यवस्था ३५ लाखबाट १९ लाखमा झरेको छ । लघुवित्तको पूँजी कोष अनुपात १३.४१ प्रतिशत, कोषको लागत १० प्रतिशत, मूल्य आम्दानी अनुपात ६१.६५ गुणा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९७ पैसा रहेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।