किन पुग्यो कृषि विकास बैंक सञ्चालन नोक्सानीको अवस्थामा ?

Nov 06, 2017 Merolagani

कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको तुलना खुद नाफा घटेको बित्तीय बिवरण निकालेको छ । बैंकको व्याज खर्च बढेका कारण कमाई प्रभावित भएको हो । राइट व्याकको आकार दोब्बरले बढ्दा पनि बैंकको व्याज खर्च नधानिए पछि बैंकको कमाई खस्किएको हो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख ७१ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४२ करोड २३ लाख ९१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

बैंकको खुद नाफाबाट सरकारले अग्राधिकार सेयर वापत वार्षिक ६ प्रतिशतका दरले नगद लाभांस लैजाने गरेको छ । सरकारले पाउने लाभांस रकम छुटयाएर मात्र प्रतिसेयर आम्दानी गणना गर्ने गरिएको छ । जस अनुसार बैंकको खुद नाफाबाट सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड १४ लाख ९० हजार ६८० रुपैंया लाभांस छुट्याइएको छ । खुद नाफाबाट उल्लेखित रकम घटाए पछि कायम हुने रकमका आधारमा मात्र प्रतिसेयर आम्दानी गणना गर्दा १५ रुपैंया ९४ पैसा कायम हुन आएको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २६ रुपैंया ३७ पैसा थियो ।

गत आर्थिक वर्षमा बैंकको कुल व्याज आम्दानी २ अर्ब ६० करोड ९१ लख रुपैंया रहेकोमा अहिले २ अर्ब ९२ करोड ६९ लाख १ हजार रुपैंया छ । बैंकको व्याज खर्च गत आर्थिक वर्षको यसै अवधिमा ९९ करोड ११ लाख ५१ हजार रुपैंया रहेकोमा अहिलले १ अर्ब ७८ करोड २६ लाख १५ हजार रुपैंया छ । यसरी व्याज खर्चमा आएको तिब्र बढोत्तरीका कारण खुद नाफामा संकुचन आएको हो । कर्मचारी खर्च, सञ्चालन खर्च लगायतका शिर्षकको आकार घटाउँदै जाँदा पनि बैंकको खुद नाफा घटेको हो ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफा ३० करोड ५० लाख ५३ हजार रुपैंया रहेकोमा अहिले ६ करोड ७ लाख ७ हजार रुपैंया सञ्चालन नोक्सानीको अवस्थामा पुगेको छ । उसले ४८ करोड ८५ लाख ७५ हजार रुपैंया राइट व्याक गरेका कारण खुद नाफा सकरात्मक बनेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले जम्मा २५ करोड ८० लाख रुपैंया मात्र राइट व्याक गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैंयाबाट ७ अर्ब ८ करोड ७६ लाख रुपैंया पुर्याएको छ । बैंकमा रहेको सरकारको अग्राधिकार सेयर सहित पूँजी १२ अर्ब ५२ करोड ३ लाख ९२ हजार रुपैंया पुगेको छ । सरकारको स्वामित्यमा रहेको कुल सेयरबाट एक करोड कित्ता सेयर गत वर्षको साधारण सभाले साधारण सेयरमा रुपान्तरण गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात ३.८३ प्रतिशतबाट ३.५४ प्रतिशतमा झरेको छ । बैंकको लागत कोष ४.१० प्रतिशतबाट बढेर ७.०६ प्रतिशतमा उक्लिएको छ । मूल्य आम्दानी अनुपात पनि गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५.९० गुणा बढी रहेकोमा अहिले २८.१६ गुणा बढी छ । बैंकको प्रतिसेयर नेटवर्थ २ सय ४३ रुपैंया २४ पैसा छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार ३ अर्ब ९७ करोड रुपैंयाबाट बढेर ७ अर्ब ८ करोड रुपैंया पुगेको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।