बैकले यस अवधिमा १७ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ। गत बर्ष बैंकले १३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको यस अवधिमा सञ्चालन मुनाफा घटेको छ तर पनि खुद ब्याज आम्दानी बढेपछि नाफामा बढोत्तरी आएको हो ।
पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४८ करोड ३३ लाख रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी २७.१७ प्रतिशतले बढेको छ ।
बैंकले यसअवधिसम्म ५८ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप १३.८७ प्रतिशत तथा कर्जा लगानी २४.७६ प्रतिशतले बढेको हो ।
बैंकको पूँजीको आकार बढेसँगै निष्क्रिय कर्जाको आकार समेत केही बढेर १.७८ प्रतिशत पुगेको छ । सिडि रेशियो ७८.८६५ रहेको बैंकको पूँजी कोष अनुपात १३.३७ प्रतिशत छ।
बैंकको प्रतिशेयर आम्दानी ८.२४ रुपैयाँ कायम भएको छ । गत बर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दनाी १७ रुपैयाँ ८८ पैसा थियो ।
मुल्य आम्दानीको अनुपात ४० दशमलव १७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २६ रुपैयाँ र तरलता अनुपात १९ दशमलव ५३ प्रतिशत रहेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब १३ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषको आकारमा पनि केही गिरावट आएको छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................