कुमारी बैंकको खुद नाफामा मर्जरले कसरी पार्यो नकरात्मक असर ?

Nov 06, 2017 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक (KBL) ले ११ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १३ करोड ७४ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । केही विकास बैंकहरुलाई आफुमा विलय गरेपछि बढेको खर्चका कारण बैंकको नाफा घटेको हो ।

कुमारीको खुद नाफा गिरावटमा अरु बैंकहरुको जस्तै व्याज खर्चले पनि महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।

कर्जा तथा निक्षेपको आकार बढाएर कुल व्याज आम्दानी दोब्बर बढीले बढाए पनि बैंकको व्याज खर्च झण्डै ३ गुणाले बढेको छ । जसका कारण उसको खुद व्याज आम्दानी अपेक्षित रुपमा बढ्न सकेको छैन ।

मर्जर तथा विलयपछि थपिएको जनशक्तिमा खर्च बढेका कारण बैंकको सञ्चालन मुनाफा स्थिरप्राय अवस्थामा छ । यसमा गैर सञ्चालन खर्चको बढोत्तरीको असर परेको हो । प्रोभिजन रकमको बढोत्तरी धेरै भएका कारण बैंकको सञ्चालन मुनाफा आधा घटेको छ । बैंकले पौने १० करोड रुपैयाँ राइट व्याक गरेर आफुलाई बल्लतल्ल धान्ने अवस्थामा पुर्याएको हो । मर्जर तथा विलयले गर्दा बैंकको कमाई प्रभावित भएको बुझ्न सकिन्छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ९१ लाख रुपैयाँबाट ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । खुद नाफा आएको गिरावट अनि पूँजी वृद्धिका कारण बैंकको प्रतिसेयर आम्दानीमा धेरै संकुचन आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० रुपैयाँ ३७ पैसा थियो । अहिले बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष १ अर्ब ५० करोडबाट २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ९१ पैसा छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.२६ प्रतिशतबाट १.९७ प्रतिशतमा उक्लिएको छ । बैंकको मूल्य आम्दानी अनुपात ४१.०१ गुणाले बढी छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।