ज्योतिले चम्कायो नाफाको ज्योति

Nov 06, 2017 Merolagani

ज्योति विकास बैंक (JBBL) ले खुद नाफाको ज्योति चम्काएको छ । अन्य विकास बैंक र बाणिज्य बैंकहरुको खुद नाफा घटेर लगानीकर्ताको मुहार मधुरो हुँदा ज्योतिले भने चम्काएको हो । 

बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा चार करोड ५२ लाख रुपेयाँ खुद नाफा कमाएको छ । जुन गत बर्षको यसै अवधिको तुलनामा १६ लाख ८३ हजार बढी हो । 

बैंकले खुद व्याज आम्दानी तीन करोड ९४ लाख बढाएर १२ करोड ८८ लाख पुर्याउँदा सञ्चालन नाफामा समेत तीन करोड १३ लाख रुपैयाँमा बढाएको छ । यद्यपि निक्षेपमा धेरै ब्याज दिँदा ज्योतिको पनि ब्याज खर्च दुई गुणा बढीले बढेको छ ।

राप्तिभेरी विकास बैंकलाई प्राप्ती गरेको बैंकले शतप्रतिशत हकप्रद सेयर बिक्री गरेर चुक्ता पूँजी दुई अर्ब २० करोड पुर्याएको छ । बैंकले निक्षेप संकलन सात अर्ब ९४ करोडबाट ११ अर्ब ३० करोड पुर्याएको छ ।

उसले कर्जा लगानी तर्फ ६ अर्ब ७६ करोडबाट नौ अर्ब ९८ करोड पुर्याएर प्रगतिमा लम्केको देखिएको छ ।  एकै दिनमा सेयर धितो कर्जा स्वीकृत गर्ने गरी बैंक आक्रामक कर्जा विस्तारमा समेत लागेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७१ प्रतिशत रहेकाले कर्जा बिस्तार गर्न सक्ने अवस्था रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको पूँजी बढेअनुपातमा नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी गत बर्षको प्रथम त्रैमासको १७ रुपैयाँ ६६ पैसाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसामा झरेको छ । आधार ब्याजदर १२.३० प्रतिशत रहेको ज्योतिको कोषको लागत भने ८ प्रतिशत नाघेको छ ।

निस्क्रिय कर्जा अनुपात २.१३ प्रतिशतबाट ०.८२ प्रतिशतमा झारेर आफुलाई स्वस्थ संस्थाको रुपमा अगाडि बढ्ने लय समातेको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।