देव विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले पूँजी बढाउन साना संस्थाहरुलाई सहयोग गर्दै आफुले पनि सहयोग गरेको बताए ।
उनका अनुसार २ संस्था विलय पश्चात देवको चुक्ता पूँजी १ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । यसअघि नै बैंकले हालको विलय प्रकृया पुरा भए पछि ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उक्त हकप्रद पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने प्रमुख कार्यकारी श्रेष्ठले बताए । उनका अनुसार बैंकले २२ करोड रुपैंया बराबरको बोनस बितरण गरी चुक्ता पूँजी अढाई अर्ब रुपैयाँ पुर्याउने छ ।
सहारा विकास बैंकलाई पनि आफुमा गाभ्ने सम्झौता गरेको देवले यो वर्षको अन्त्यसम्ममा मात्र प्रकृया पुरा हुने जनाएको छ । धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार सहाराले हकप्रद निष्काशन गरिसके पछि मात्र देवमा विलय हुनेछ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................