गरिमा विकास बैंकको पनि कमाई खस्कियो

Nov 06, 2017 Merolagani

गरिमा विकास बैंकको पनि खुद नाफा घटेको छ । अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाहरुको कमाई घट्दै गर्दा गरिमा पनि कमाई घटेको वित्तीय बिवरण निकाल्नेको सूचीमा परेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अहिले बैंकले ३ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ३३ लाख रुपैयाँ कमाएकोमा अहिले १८ करोड ५१ लाख पुगेको छ । व्याज खर्चमा आएको बढोत्तरीले बैंकको खुद व्याज आम्दानीको वृद्धिमा अवरोध उत्पन्न गरेको हो । यस अवधिमा बैंकको व्याज खर्च १३ करोड ३१ लाख रुपैयाँबाट बढेर ३० करोड ४८ लाख पुगेको छ ।

१ अर्व ८ करोड रुपैयाँबाट पूँजी बृद्धी गरेर २ अर्व २० करोड पुर्याएको बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा सामान्य बढोत्तरी देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्व ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ अर्व ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सबै भन्दा धेरै ऋण लगानी घर तथा जग्गामा गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

बैंकको कर्मचारी खर्चमा भारी बृद्धी भएको देखिएको छ । गर्त वर्ष कर्मचारी खर्चमा ३ करोड रुपैयाँ खर्चेको बैंकको यो त्रैमासमा ६ करोड खर्च भएको छ । पोखराबाट काठमाण्डौंमा कर्पोरेट कार्यालय स्थानान्तरण गरेका कारण खर्च बढेको हो । खर्चमा आएको बढोत्तरीले बैंकको खुद नाफा घटेको हो ।

बैंकको खराब कर्जा अनुपात गत आर्थिक वर्षको तुलनामा केही बढेको छ । गर्त वर्षको यसै अवधिमा ०.६६ प्रतिशत रहेको अहिले १.०२ प्रतिशत कायम भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैंया २१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैंया ५० पैसा रहेको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।