एनआईसी एशिया बैंकद्धारा गौरादह र तरहरामा शाखा विस्तार

Nov 06, 2017 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले झापा गौरादह नगरपालिका वडा नं ३ र सुनसरीमा ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरामा दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले कार्तिक २० गते सोमबार सो शाखा थप गरेको हो ।

गौरादह शाखाको उद्घाटन नगरपालिकाका मेयर रोहित कुमार शाह र तरहरा शाखाको उद्घाटन उप– महानगरपालिकाका मेयर द्वारिक लाल चौधारीले गरेका हुन् ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

थप दुई शाखासँगै बैंकको शाखा सञ्जाल १३३, र एटिएम काउन्टरको संख्या १४१ पुगेको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको बैंकको दाबी छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।