बैंकको लिलामीको सेयरको बिक्री प्रबन्धक काठमाण्डौं क्यापिटल रहेको छ । लिलामी सेयर सकार्न ईच्छुक लगानीकर्ताले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयबाट आवेदन गर्न सक्नेछन् ।
राष्ट्र बैंकको निर्देशनपछि जनता बैंकले न्यौपानेले प्रचलित कानुन विपरित किनेको साधारण सेयर जफत गरी कात्तिक १५ देखि लिलामीमा राखेको हो । न्यौपानेको ८५ हजार एक कित्ता सेयर जफत भएको थियो ।
गुरुप्रसाद न्यौपाने जनता बैंकको सञ्चालक रहेका बेला माछापुच्छ्रे बैंकसँग मर्जर सम्झौताको प्रकृया चलेको थियो । सोही समयमा न्यौपानेले स्टक ब्रेकर नम्बर ४८ बाट आफ्नी श्रीमतीका नाममा ठुलो संख्यामा सेयर खरिद गरेका थिए ।
मर्जरको प्रकृया सार्वजनिक नभई भित्री सूचनाका आधारमा सेयर कारोबार गरेको प्रमाणित भएपछि राष्ट्र बैंकले जनता बैंकलाई न्यौपानेको सेयर जफत गर्न निर्देशन दिएको थियो । यस क्रममा न्यौपाने अन्य व्यक्तिका नाममा किनेको सेयर भने जफत हुनबाट बचेको थियो ।
हाल दोस्रो बजारमा जनता बैंकको सेयरमूल्य प्रतिकित्ता २४० रुपैयाँ रहेको छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................