माछापुछ्रेले देखायो सुधारको संकेत, खराब कर्जा असुली र नाफामा बढोत्तरी

Nov 07, 2017 merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा माछापुछ्रे बैंकले २८ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गतबर्षको यसैअवधिको तुलनामा बैंकको नाफा ४ करोड अर्थात १३.८३ प्रतिशत बढी हो ।  खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि बैंकको नाफा बढ्न पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी १४.३६ प्रतिशत र संचालन मुनाफा २०.४९ प्रतिशतका दरले बढेको छ ।

अधिकांस बैंकले नाफा बढाउन नसकेको अवस्थामा बैंकको नाफा बढ्नु सकारात्मक पक्ष हो । तर पूँजी वृद्धिको अनुपातमा बैंकको कमाई नबढ्दा प्रतिसेयर आम्दानी भने खस्किएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैया ३५ पैसा रहेको छ । गतबर्ष बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा थियो ।

बैंकले यसअवधिमा आफ्नो खराब कर्जाको आकार भने घटाएको छ । बैंकको खराब कर्जा ०.४९ प्रतिशत छ । गतबर्ष बैंकको ०.५४ प्रतिशत खराब कर्जा रहेको थियो । बैंकले यस अवधिमा ३ करोड ३६ लाख खराब कर्जा उठाएको छ । सम्भावित जोखिममा ८ करोड ४३ लाख राखेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप करिव २ अर्ब रुपैयाँ बढेर ६० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असारमा निक्षेप ५८ अर्ब ६२ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत असारमा कर्जा लगानी ५१ अर्ब ८६ करोड रुपैयाँ थियो । बैंकको निक्षेप ३.७२ प्रतिशत तथा कर्जा तथा सापटी ९.११ प्रतिशतले बढेको हो ।

बैंकले चुक्तापुँजी ४ अर्ब ६६ करोडबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको छ । उसको जगेडाकोषमा एक अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।