स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा

Nov 07, 2017 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) ले गत आर्थिक बर्षकाे नाफाबाट  वितरण गरेको २० प्रतिशत बोनस सेयर पारित गर्न मंसिर १५ गते शुक्रबार १६ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

लैनचौर बैंङ्क्वेट्समा विहान १० बजे बोलाएको साधारण सभाले २० प्रतिशत बोनस (आठ करोड ७ लाख ९२ हजार ६०० रुपैयाँको बोनस) सेयरका अतिरिक्त ११.५८ प्रतिशत (चार करोड ८५ लाख ११ हजार ५०५ रुपैयाँ) नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

स्वावलम्बनले साधारण सभाका लागि कात्तिक २८ गतेदेखि सेयर दर्ता खारेजिका लागि सेयरधनी किताब बन्द गर्ने भएकाले कात्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि लघुवित्त कम्पनीकोे पूँजी ५० करोड लाख ५५ हजार ६०० पुग्नेछ ।

स्वावलम्बन लघुवित्तले गत आर्थिक बर्षमा २५ करोड तीन लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ७६ पैसा कायम गरेको थियाे । लघुवित्तको जगेडा कोषमा ७२ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ भने कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ६७ प्रतिशत र मूल्य आम्दानी अनुपात ३०.३७ गुणा रहेको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।