मितेरीको चुक्ता पुँजी २७ करोड ४६ लाख रुपैयाँबाट बढेर ३८ करोड २ लाख ९३ हजार रुपैयाँ भएको छ । मितेरीको रिजर्भमा भने २३ करोड ६१ लाख ६० हजार रुपैयाँ छ । चुक्ता पुँजी बढाउन बैकले हकप्रद र बोनस बाटो समाएपछि सेयर संख्या बढेको छ तर त्यस अनुपातमा आम्दानी वृद्धि हुन नसक्दा असर नाफामा देखिएकाे हो ।
गत बर्षको पहिलो त्रैमासको तुलनामा यो बर्ष बैकको व्याज खर्च र अन्य सञ्चालन खर्च बढेपछि खुद नाफामा गिरावट आएको हो । उसको खुद व्याज आम्दानी भने २९ लाख रुपैयाँले घटेर चार करोड ३२ लाखमा झरेको छ ।
बैंकको निक्षेप दुई अर्ब ३० करोडबाट दुई अर्ब ७८ करोड पुर्याउँदा कर्जा लगानी ३७ करोड ७२ लाखले बढाएर दुई अर्ब ४४ करोडमा पुर्याएको छ ।
मितेरीको प्रतिसेयर आम्दानी बार्षिक ३७ रुपैयाँ ६३ पैसाबाट घटेर २४ रुपैयाँ ५१ पैसा कायम भएको छ । यसैगरी खराब कर्जा असुलीमा निकै सुधार गरेर ०.०७ प्रतिशत भएपनि पूजीकोष लागतको मात्रा भने ५.९२ बाट ९.६९ प्रशितमा बढेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात २१.८३ गुणा रहेको छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................