पत्रकार सम्मेलनमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीको काम तीब्र गतिमा अघि बढेको बताए । प्रणाली निर्माता कम्पनीले धमाधम प्रगति बिवरण बुझाउन थालेको भन्दै उनले छिटोभन्दा छिटो परीक्षणमा जाने बताए ।
अनलाइन कारोबार कहिलेबाट सुरु हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रमुख कार्यकारी साउदले भने, मिति तोक्नुभन्दा काम गर्नु ठूलो कुरा हो । सम्झौता अनुसार १४ महिनामा सबै काम पुरा हुन्छ । साउदका अनुसार आगामी जेठ भित्रमा अनलाइनको सबै कामले पूर्णता पाउनेछ । उक्त समयसम्ममा परीक्षणको काम सकाउने लक्ष्य नेप्सेले लिएको छ ।
नेप्सेका आईटी प्रमुख निरञ्जनसिंह नायकले अनलाइनका १६ वटा मोडलहरु मध्ये ६ वटाले अन्तिम रुप पाइसकेको बताए । १० वटा मोडलहरुलाई पनि पूर्णता दिने काम तिब्र गतिमा भैरहेको उनको भनाई थियो । पूर्ण रुपमा अनलाइनमा आधारित, सुरक्षित र समयसापेक्ष भएका कारण अनलाइन कारोबारले लगानीकर्तालाई सहज हुने विश्वास व्यक्त गरे ।
मार्जिन ल्याण्डिगं कार्यान्वायन नेप्से एक्लैले मात्र गराउने नभएकाले सबै पक्षको सहकार्यमा केही समयमा कार्यान्वायनमा आउने नेप्सेले जनाएको छ । मार्जिन ल्याण्डिगंका लागि आवश्यक पुर्वाधार निर्माणको काम अघि बढेको भन्दै उसले ब्राेकरको व्याक अफिसमा धेरै कामहरु गरिनु पर्ने आंल्याएको छ ।
गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने सम्बन्धमा आवश्यक छलफल भैरहेको पनि नेप्सेले जनाएको छ । यसका साथै देशव्यापी रुपमा सेयर बजारका सम्बन्धमा सचेतना कार्यक्रम गर्ने नेप्सेले तयारी थालेको छ । दोस्रो बजारलाई देशव्यापी बनाउन विभिन्न मोडलहरुमा छलफल भैरहेको नेप्सेको भनाई छ । उचित मोडललाई आत्मसाथ गर्दै दोस्रो बजारमा लगानीकर्ताको सहभागिता बढाउने लक्ष्य नेप्सेको छ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................