बजार घट्दैछ, उचालिएर सेयर लिलाम नभर्नुस्, हेर्नुहोस् लिलाम गर्ने ७ कम्पनी

Nov 08, 2017 Merolagani

हकप्रद जारी गर्दा अवितरित भएको तथा आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी आएको सेयर गरि विभिन्न सात कम्पनीहरुको गरि २ लाख ८१ हजार ९८५ कित्ता साधारण सेयर तथा १४ लाख १९ हजार ६१८ कित्ता सेयर गरि कुल १७ लाख एक हजार ६०३ कित्ता लिलामीमा किन्ने अवसर लगानीकर्ताहरूमा आएको छ । 

विभिन्न कम्पनीहरुको सेयर अहिलेको घट्दो बजारमा सस्तो मूल्यमा सकार्ने अवसर पनि लगानीकर्तामा सँगसँगै आएको छ ।

अरुण फाइनान्स(ARUN) को लिलामीको सेयरमा बिक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल जमलमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र कात्तिक २४ गते अपरान्ह २ :३० बजे क्यापिटलको केन्द्रिय कार्यालय जमलमा खोलिने छ ।

अल्पाईन डेभलपमेन्ट बैंक (ALDBL) को सेयरमा बिक्री प्रवन्धक एनएमबि क्यापिटल नागपोखरी तथा बैंकको केन्द्रिय कार्यालय मकवानपुरमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक सेयरमा साविकका संस्थापकले मात्र आवेदन गर्न पाउनेछन् । बोलपत्र कात्तिक २४ गते अपरान्ह २ संस्थापक र साधारण सेयरको सोही दिन २ :३० बजे क्यापिटलको कार्यालयमा खोलिने छ ।

निर्धन उत्थान विकास बैकले आफ्नो स्वामित्वमा रहेको नेपाल ग्रामिण बिकास बैंक (NGBBLP) र रुरल माईक्रोफाइनान्स (RMDCPO) को संस्थापक सेयर लिलामीमा राख्न लागेको हो । यसमा विक्री प्रबन्धकको काम एनआईएबिएल क्यापिटलले गरेको छ । दुबैको सेयरमा लगानीकर्ताले न्यूनतम ३०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी रकम तोकी निवेदन दिनुपर्नेछ ।

नेपाल ग्रामिणको बोलपत्र मंसिर ७ गते अपरान्ह ४ बजे र रुलर माईक्रोफाइनान्सको मंसिर ८ गते विहान १० बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खोलिने जनाईएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को संस्थापक सेयरमा बिक्री प्रवन्धक एनएमबि क्यापिटल नागपोखरी तथा बैंककोशाखा कार्यालयहरु विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी तथा सप्तकोशी बैंकका कार्यालय विराटनगरबाट आवेदन गर्न सकिनेछ ।

बोलपत्र संकलन केन्द्रबाट क्यापिटलमा प्राप्त भैसकेपछि बोलपत्र खुला गरिने मिति समय र स्थानको जानकारी गराईने जनाईएको छ ।

मुक्तिनाथ (MNBBL) को सेयरमा बिक्री प्रवन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, मुक्तिनाथ बैकको केन्द्रीय कार्यालय कमलादी तथा शाखा कार्यालयहरु पोखरा, विरगञ्ज र बुटवल तथा इन्भेष्टमेण्ट बैकको बिराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयबाट फर्म लिन र बुझाउन सकिने छ । बोलपत्र खोल्ने मिति र स्थान सबै संकलन केन्द्रबाट क्यापिटलमा बोलपत्र आवेदन प्राप्त भएपछि जानकारी दिने उल्लेख छ । 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI) को सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, र उपत्यका बाहेक देशभरका विभिन्न सात शहरबाट समेत आवेदन गर्न पाईनेछ । इच्छुक लगानीकर्ताले वीरगञ्ज, पोखरा, सुर्खेत, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा रहेका एनएमबि बैंकका शाखा कार्यालय मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र खोल्ने मिति र स्थान सबै संकलन केन्द्रबाट क्यापिटलमा बोलपत्र आवेदन प्राप्त भएपछि जानकारी दिने उल्लेख छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सप्तकोशी, मुक्तिनाथ र हिमालयन जनरल इन्स्योरेन्सको लिलामी पहिलोपटक नेपाल धिताेपत्र  बाेर्डकाे निर्देशनपछि काठमाण्डौं उपत्यका बाहिरका सात शहरबाट संकलन गर्न लागिएको हो ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।