साधारण सेयर निकालेपछि फरवार्ड कम्युनिटीको यस्तो देखियो परिवर्तन

Nov 08, 2017 Merolagani

केही समय अघि साधारण सेयर निष्काशन गरेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सले ६ करोड १५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद नाफा झण्डै ६३ लाख रुपैयाँले मात्र बढेको हो । उसले समीक्षा अवधिमा १४ करोडको चुक्ता पूँजीमा ६ करोडको साधारण सेयर निष्काशन गरी २० करोड पुर्याएको छ ।

माइक्रोफाइनान्सको कुल व्याज आम्दानीमा उल्लेख्य बढोत्तरी देखिए पनि व्याज खर्च बढेका कारण खुद नाफामा वृद्धि सुस्त बनेको हो । अझ कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा आएको बढोत्तरीले माइक्रोफाइनान्सको खुद नाफाको वृद्धिमा अवरोध आएको हो ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सको जगेडा कोष ४१ करोड  रुपैयाँबाट ६६ करोडमा उक्लिएको छ । उसको प्रतिसेयर नेटवर्थ ४ सय ३३ रुपैंया ८१ पैसा छ ।

प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९२ पैसा रहेको माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात ०.४९ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।